मंगलबार, असार २४ गते २०८२ Jul 08 2025 Tuesday
images
images

भारतको सेना प्रमुखमा मनोज पाण्डे


  • 1.4K
    SHARES
  • https://indrenipost.com/index.php/posts/4314
    बैशाख ६, २०७९ मंगलबार
    भारतको सेना प्रमुखमा मनोज पाण्डे

    भारतको सेना प्रमुखमा मनोज पाण्डे नियुक्त भएका छन् ।

    भारतको रक्षा मन्त्रालयले पाण्डेलाई सेना प्रमुख बनाउने निर्णय लिइएको जानकारी दिएको हो ।

    यसै महिनाको अन्तिम (अप्रिल ३०) मा हालका सेना प्रमुख मनोज मुकुन्द नरवणे सेवा निवृत्त भएपछि पाण्डेले सेना प्रमुखको जिम्मेवारी औपचारिक रुपमा सम्हाल्ने छन् । उनी नरवणेपछिका वरिष्ठ अधिकारी हुन् ।

    हाल भारतीय सेनाको उपप्रमुख रहेका पाण्डे सेनाको शीर्ष स्थानमा पुग्ने पहिलो इन्जिनियरसमेत बन्ने समाचार एजेन्सी एएनआईले जनाएको छ ।

    हालसम्म भारतीय सेनाको प्रमुख इन्फेन्ट्री, आर्मर्ड र आर्टिलरी अधिकारीहरु हुने गरेका थिए ।

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij