काठमाडौं । नेपालमा पश्चिमी वायुसँगै स्थानीय वायुको सामान्य प्रभाव छ । बिहान पहाडी भू–भागमा आंशिक बदली छ ।
दिउँसो पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रहे पनि बाँकी भू–भागमा आंशिक बदली रहने छ ।
प्रदेश १ लगायत पहाडी भू–भागका थोरै स्थानमा मेघगर्जन र चट्याङ्सहित क्षणिक वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
राति प्रदेश १, मधेस, बागमती र गण्डकीका पहाडी भू–भागका एक/दुई स्थानमा मेघगर्जन र चट्याङ्सहित क्षणिक वर्षाको सम्भावना छ ।
बुधबार पहाडी भू–भागसँगै मधेस प्रदेशका थोरै स्थानमा क्षणिक वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।