सोमबार, असार २३ गते २०८२ Jul 07 2025 Monday
images
images

शेयर बजारमा दोहोरो अंकको वृद्धि


  • 1.6K
    SHARES
  • https://indrenipost.com/index.php/posts/4328
    बैशाख ६, २०७९ मंगलबार
    शेयर बजारमा दोहोरो अंकको वृद्धि

    काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा साताको कारोबारको तेस्रो दिन आज मंगलबार सामान्य अंकले बढेको छ । आज नेप्से १३.३७ अंकले बढेर दुई हजार ३ सय ५७ दशमलब २४ विन्दुमा रोकिएको हो ।

    सोमबार नेप्से ४१.७७ अंकले घटेर दुई हजार ३ सय ४३ दशमलब ८७ विन्दुमा बन्द भएको थियो । त्यस्तै, आज कारोबार रकममा भने गिरावट आएको छ ।

    आज नेप्सेमा एक अर्ब ३२ करोड ६८ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । सोमबार एक अर्ब ५३ करोड ६ लाख रुपैयाँ बराबरको कारोबार भएको थियो ।  

    आज कारोबार भएका ११ कम्पनीको शेयरमूल्य बढेको छ भने १८२ कम्पनीकोे शेयरमूल्य घटेको छ । यसमध्ये दुई कम्पनीको शेयरमूल्यमा भने उच्च वृद्धि भएको छ ।

    आज नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य १० प्रतिशतले बढेर प्रतिकित्ता ३०११.४० रुपैयाँ पुगेको छ भने ग्रीन भेञ्चर लिमिटेडको शेयरमूल्य पनि १० प्रतिशतले बढेर प्रतिकित्ता २९८.२० रुपैयाँ पुगेको छ ।           

    नेप्सेका अनुसार आज दिव्यश्वरी हाइड्रोपावर कम्पनीका लगानीकर्ताहरुले सर्वाधिक गुमाएका छन् । यस कम्पनीको शेयरमूल्य ८.८२ प्रतिशतले घटेको छ ।

    त्यस्तै, कारोबारको आधारमा आज सबैभन्दा बढी नबिल बैंकको भएको छ । यस कम्पनीको आज ६ करोड ३० लाख भन्दा बढीको कारोबार भएको छ ।   

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij