काठमाडौं । देशका विभिन्न भागमा मौसममा फेरबदल देखिएको छ ।
जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल देशमा पश्चिमी वायुको साथै स्थानीय वायुको प्रभाव रहेकोले केही स्थानमा वर्षाको सम्भावना रहेको जनाएको छ ।
'हाल प्रदेश १ र मधेश प्रदेशमा आंशिकदेखि सामान्य बदलीको अवस्था छ भने देशका पहाडी तथा हिमाली भू-भागमा आंशिक बदली रही अन्य भू-भागमा मौसम सामान्यतया सफा रहेको छ,' महाशाखाले जारी गरेको मौसम बुलेटिनमा भनिएको छ, 'साथै प्रदेश १ का एक वा दुई स्थानमा हल्का वर्षाको अवस्था छ ।'