मंगलबार, असार २४ गते २०८२ Jul 08 2025 Tuesday
images
images

बिम्सटेक ऊर्जा मन्त्री स्तरीय बैठक जारी


  • 1.6K
    SHARES
  • https://indrenipost.com/index.php/posts/4347
    बैशाख ७, २०७९ बुधबार
    बिम्सटेक ऊर्जा मन्त्री स्तरीय बैठक जारी

    काठमाडौं । बहु क्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास .(बिमस्टेक) को मन्त्री तथा सचिव स्तरीय बैठक सुरु भएको छ ।  

    भर्चुअल माध्यमबाट बिहान ९ः३० देखि बैठक सुरु भएको हो । बिमस्टेकका ऊर्जा मन्त्रीहरूको तेस्रो बैठकको अध्यक्षता ऊर्जा मन्त्री पम्फा भुसालले गरेकी छिन् ।

    उद्घाटन समारोहमा आफ्नो मन्तव्य राख्दै मन्त्री भुसालले बिमस्टेक क्षेत्रमा दिगो आर्थिक वृद्धि हासिल गर्न ऊर्जा, वातावरण र अर्थतन्त्र बीचको इनर्जी, इन्भारोमेन्ट एण्‍ड इकोनोमी सम्बन्ध उल्लेखनीय रूपमा महत्त्वपूर्ण छ ।

    उनले भनिन्, ‘बिमस्टेकको भविष्य पनि करिब १ अर्ब ७ करोड जनताको भविष्य हो ।’  भुसालले नेपालको जलविद्युतले नेपाललाई मात्र नभई सिंगो क्षेत्रलाई फाइदा पुग्ने बताइन् ।

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij