मंगलबार, असार २४ गते २०८२ Jul 08 2025 Tuesday
images
images

रोजगारीका लागि नेपाल आउने विदेशीको सङ्ख्या वर्षेनी घट्दै


  • 1.4K
    SHARES
  • https://indrenipost.com/index.php/posts/4355
    बैशाख ८, २०७९ बिहीबार
    रोजगारीका लागि नेपाल आउने विदेशीको सङ्ख्या वर्षेनी घट्दै

    काठमाडौं । कोरोना महामारीका कारण लामो समय परियोजना बन्द हुँदा रोजगारीका लागि नेपाल आउने विदेशीको सङ्ख्या घटेको छ ।

    विकास साझेदारको लगानीमा नेपालमा सञ्चालित परियोजना तथा विदेशी व्यावसायिक कम्पनीमा काम गर्न सरकारबाट श्रम स्वीकृति लिने विदेशीको सङ्ख्या गत आर्थिक वर्षको तुलना घटेको हो ।

    गत आर्थिक वर्षको ८ महिनाको तुलनामा चालू वर्षमा नेपालका काम गर्ने चाहना राख्ने श्रम स्वीकृति लिने विदेशीको सङ्ख्या ९ प्रतिशतले घटेको छ ।

    गत वर्षको सो अवधिमा नयाँ श्रम स्वीकृति र सोको नवीकरण गर्नेको सङ्ख्या १ हजार ४१९ रहेकोमा चालू आवको फागुनसम्म १ हजार २९२ रहेको श्रम तथा व्यवसायजन्य सुरक्षा विभागले जनाएको छ । अघिल्ला र आर्थिक वर्षमा भने रोजगारीमा नेपाल आउने बढेका थिए । यो समाचार कारोबार दैनिकमा छ ।

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij