मंगलबार, असार २४ गते २०८२ Jul 08 2025 Tuesday
images
images

रुसद्वारा ब्यालेस्टिक मिसाइल परीक्षण


  • 1.9K
    SHARES
  • https://indrenipost.com/index.php/posts/4362
    बैशाख ८, २०७९ बिहीबार
    रुसद्वारा ब्यालेस्टिक मिसाइल परीक्षण

    मस्को । युक्रेनमा भएको आक्रमणको दुई महिनापछि रुसले नयाँ आणविक क्षमता भएको अन्तरमहादेशीय ब्यालेस्टिक मिसाइल परीक्षण गरेको छ ।

    क्षेप्यास्त्र परीक्षणपछि राष्ट्रपति पुटिनले रुसविरुद्ध शत्रुहरूले कुनै पनि काम गर्नुअघि अब ‘दुई पटक सोच्नुपर्ने’ बताएका छन् ।

    पुटिनलाई सेनाले पहिलो पटक यस्तो मिसाइल परीक्षण गरेको जानकारी दिएका छन् । यो क्षेप्यास्त्र उत्तर पश्चिम रुसको प्लेसेत्स्कबाट प्रहार गरिएको थियो । यो करिब ६००० किलोमिटर टाढा खसेको थियो ।

    सो क्षेप्यास्त्रको बारेमा पुटिनले बयान गर्दै यो विश्वमा पहिला कहीँ यस्तो क्षेप्यास्त्र नबनेको बताएका छन् ।

    उनले उक्त क्षेप्यास्त्रद्वारा एक पटकमा १० वा सोभन्दा धेरै परमाणु बम प्रहार गर्न सकिने बताए ।

    उनका अनुसार उक्त क्षेप्यास्त्र एन्टी मिसाइल रहेकोले अन्य हतियार वा मिसाइलले त्यसमा कुनै क्षति गर्न सक्दैन ।

    लामो समयदेखि निर्माण हुँदै आएको सरमतु मिसाइलको परीक्षणलाई अमेरिकाले भने विशेष क्षमतायुक्त नभई सामान्य मिसाइल भएको बताएको छ ।

    रुसले यो परीक्षण भूराजनीतिक तनाव चरम सीमामा भएको समयमा गरेको छ। रुसले २४ फेब्रुअरीमा युक्रेनमा हमला गरे पनि हालसम्म कुनै पनि प्रमुख सहर कब्जा गर्न सकेको छैन ।

    युक्रेनका रक्षामन्त्रीले यसबारे कुनै प्रतिक्रिया दिएका छैनन् । आठ साताअघि युक्रेनमा आक्रमण हुनुअघि पनि रुसी राष्ट्रपति पुटिनले चेतावनीमूलक स्वरमा यदि कसैले रुसको बाटोमा आउन खोजे त्यसको परिणाम इतिहासमा अरु कसैले नभोगेको हुने बताएका थिए ।

    त्यसको केही दिनपछि पुटिनले रुसको आणविक शक्तिलाई उच्च सतर्कतामा रहन भने ।

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij