सोमबार, असार २३ गते २०८२ Jul 07 2025 Monday
images
images

शेयर बजारमा झिनो अंकको सुधार, दुई कम्पनीका लगानीकर्ताले सर्वाधिक कमाए ,ती कुन-कुन हुन् ?


  • 1.6K
    SHARES
  • https://indrenipost.com/index.php/posts/4367
    बैशाख ८, २०७९ बिहीबार
    शेयर बजारमा झिनो अंकको सुधार, दुई कम्पनीका लगानीकर्ताले सर्वाधिक कमाए ,ती कुन-कुन हुन् ?

    काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा साताको कारोबारको अन्तिम दिन आज बिहिबार झिनो अंकको सुधार देखिएको घटेको छ ।

    आज नेप्से ४.९४ अंकले बढेर दुई हजार ३ सय २५ दशमलब ४५ विन्दुमा रोकिएको हो । बुधबार नेप्से ३६.७३ अंकले घटेर दुई हजार ३ सय २० दशमलब ५१ विन्दुमा बन्द भएको थियो । 

    त्यस्तै, आज कारोबार रकममा पनि सामान्य सुधार भएको छ । आज नेप्सेमा एक अर्ब ६२ करोड ९१ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । बुधबार नेप्सेमा एक अर्ब ४५ करोड ८७ लाख रुपैयाँ बराबरको कारोबार भएको थियो । 

    आज कारोबार भएका १०० कम्पनीको शेयरमूल्य बढेको छ भने ८६ कम्पनीकोे शेयरमूल्य घटेको छ । यसमध्ये दुई कम्पनीको शेयरमूल्यमा भने उच्च वृद्धि भएको छ ।

    आज जाल्पा सामुदायिक समृद्धी लघुवित्त वित्तीय संस्था र ग्रीन भेञ्चर लिमिटेडको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ ।

    जाल्पा सामुदायिक समृद्धी लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य १० प्रतिशतले बढेर प्रतिकित्ता ७०९.७० रुपैयाँ पुगेको छ भने ग्रीन भेञ्चर लिमिटेडको शेयरमूल्य प्रतिकित्ता १० प्रतिशतले बढेर प्रतिकित्ता ३६०.८० रुपैयाँ पुगेको छ ।  

    नेप्सेका अनुसार आज घलेमदी हाइड्रोका लगानीकर्ताहरुले सर्वाधिक गुमाएका छन् । यस कम्पनीको शेयरमूल्य ६ प्रतिशतले घटेको छ ।

    त्यस्तै, कारोबारको आधारमा आज सबैभन्दा बढी नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्थाको भएको छ । यस कम्पनीको आज १० करोड ३६ लाख भन्दा बढीको कारोबार भएको छ ।     

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij