मंगलबार, असार २४ गते २०८२ Jul 08 2025 Tuesday
images
images

युद्धमा मारिएका सैनिकका परिवारबाट अर्को व्यक्ति भर्ती गराउँदै रुस


  • 1.7K
    SHARES
  • https://indrenipost.com/index.php/posts/4388
    बैशाख ९, २०७९ शुक्रबार
    युद्धमा मारिएका सैनिकका परिवारबाट अर्को व्यक्ति भर्ती गराउँदै रुस

    रुसको रक्षा मन्त्रालयले युक्रेनसँगको युद्धमा ज्यान गुमाउने सैनिकको परिवारबाट अर्को व्यक्तिले भर्ती हुनुपर्ने प्रस्ताव अघि सारेको छ ।

    युद्धमा ज्यान गुमाउने सैनिकको परिवारलाई क्षतिपूर्ती एवं अन्य सुविधा दिनुको सट्टा रुसी रक्षा मन्त्रालयले यस्तो प्रस्ताव अघि सारेको हो ।

    रुसले युद्धका क्रममा आफ्ना कति सैनिकले ज्यान गुमाए भन्ने जानकारी समेत सार्वजनिक गरेको छैन । अधिकारीहरुले रुसले ज्यान गुमाउने सेनाको संख्या लुकाउन खोजिरहेको आरोप लगाउँदै आएका छन् ।

    यसबीच रक्षा मन्त्रालयको यो कदमले आफ्नो परिवारको सैनिकले ज्यान गुमाएको थाहा पाए पनि, त्यबारे अर्कोसँग कुरा गर्ने स्थिती समेत नबनोस् भन्ने किसिमको देखिएको छ ।

    ज्यान गुमाउने सैनिकको  युद्धकै बेला र आफ्नो चाहना विपरित भर्ती हुन अर्को मान्छेलाई पठाउनु भन्दा चुप बस्न बाध्य हुन्छ ।

    रुसी रक्षा मन्त्रालयले मार्च २५ मा फेब्रुअरी २४ देखि त्यतिबेलासम्म १,३५१ रुसी सैनिक मारिएको र ३,८२५ घाइते भएको बताएको थियो । त्यसयता कुनै आधिकारीक तथ्यांक सार्वजनिक गरेको जानकारी छैन् ।

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij