सोमबार, असार २३ गते २०८२ Jul 07 2025 Monday
images
images

यो साताको सेयर बजार : नेप्से करिब ९० अंकले गिरावट


  • 2.6K
    SHARES
  • https://indrenipost.com/index.php/posts/4394
    बैशाख ९, २०७९ शुक्रबार
    यो साताको सेयर बजार : नेप्से करिब ९० अंकले गिरावट

    सेयर बजार मापक नेप्से परिसूचकमा पछिल्लो साता ८९.७९ अंकले गिरावट आएको  छ । गत साता तीन दिन मात्रै  कारोबार भएको नेप्से परिसूचक ४९.०७ अंकले गिरावट आएको थियो ।

    पछिल्लो एक सातामा नेप्से गत साताको भन्दा उच्च ८९.७९ अंकले गिरावट आएको हो ।

    आठ महिनाअगाडि ०७८ भदौ २ गते बुधबार तीन हजार एक सय ९८.६० बिन्दुमा पुगेर नेपाली सेयर बजारमा नयाँ कीर्तिमान बनेको थियो ।

    आठ महिनायता लगातार रूपमा गिरावट आएको नेप्से ०७९ वैशाख ८ गतेसम्म आउँदा आठ सय ७३.१५ अंकले घटेर दुई हजार तीन सय २५।४५ बिन्दुमा सीमित भएको छ ।

    नेप्सेमा आएको उच्च गिरावटले सेयर लगानीकर्ताको कुल पुँजीमा पनि उच्च गिरावट आएको छ ।

    नेप्से ३२ सय बिन्दुमा पुग्दा झन्डै २२ अर्बसम्म कारोबार गरेका लगानीकर्ता अहिले अन्योलमा रहँदा कारोबार रकम खुम्चिएर एक अर्बमा झरेको छ ।

    यो हप्तालाई नै आधार मान्ने हो भने ५ दिनको कारोबारमा दुई दिन सामान्य अंकले बढ्दा तीन दिन उच्च अंकले गिरावट आएको छ ।

    सातामा दुई दिन सामान्य वृद्धि भएपनि तीन दिन नेप्से उच्च अंकले गिरावट हुँदा बजार २४ सयको बिन्दुमा पुग्न सकेन ।

    साताको पहिलो कारोबार भएको दिन आइतबार नेप्से परिसूचक २९.६० अंकले घटेर दुई सय तीन सय ८५.६४ बिन्दुमा झरेको थियो। र, आइतबार कारोबारमा आएका दुई सय ३३ कम्पनीको ३४ लाख सात हजार कित्ता सेयर १ अर्ब ४४ करोड सात लाख २३ हजार रुपैयाँबराबरमा खरिद–बिक्री भएको थियो ।

    सोमबार पनि नेप्से परिसूचक ४१.७७ अंक घटेर दुई हजार तीन सय ४३.८७ बिन्दुमा झरेको थियो। सोमबार कारोबारमा आएका दुई सय २९ कम्पनीको ३८ लाख ७६ हजार कित्ता सेयर एक अर्ब ५३ करोड ६ लाख ९२ हजार रुपैयाँ बराबरमा खरिद–बिक्री भयो ।

    मंगलबार भने नेप्से परिसूचक सामान्य १३.३७ अंकले बढेर दुई हजार तीन सय ५७.२४ बिन्दुमाथि पुगेको थियो ।

    मंगलबार कारोबारमा आएका दुई सय २९ कम्पनीको ३२ लाख १३ हजार कित्ता सेयर एक अर्ब ३२ करोड ६८ लाख ६५ हजार रुपैयाँबराबरमा खरिद–बिक्री भएको थियो ।

    मंगलबार नेप्से सामान्य अंकले बढे पनि बुधबार पुनः नेप्से परिसूचक ३६.७३ अंक घटेर २३२०.५१ बिन्दुमा झरेका थियो। बुधबार कारोबारमा आएका दुई सय २८ कम्पनीको ३५ लाख ७० हजार कित्ता सेयर एक अर्ब ४५ करोड ८७ लाख ३७ हजार रुपैयाँबराबरमा कारोबार भयो ।

    साताको अन्तिम कारोबार दिन बिहीबार नेप्से ४.९४ अंक बढेर दुई हजार तीन सय २५.४५ बिन्दुमा पुग्यो । बिहीबार कारोबारमा आएका दुई सय ३१ कम्पनीको ३९ लाख ९१ हजार कित्ता सेयर एक अर्ब ६२ करोड ९१ लाख ६८ हजार रुपैयाँबराबरको खरिद–बिक्री भएको छ ।

    बुधबारको तुलनामा बिहीबार कारोबार रकममा सुधार भयो। बुधबार एक अर्ब ४५ करोड ८७ लाख ३७ हजार रुपैयाँबराबरको खरिद–बिक्री भएको थियो ।

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij