सोमबार, असार २३ गते २०८२ Jul 07 2025 Monday
images
images

मूल्यवृद्धिविरुद्ध थाल ठटाएर प्रदर्शन, मोटरसाइकल डोर्‍याएर विरोध


  • 1.6K
    SHARES
  • https://indrenipost.com/index.php/posts/4425
    जेठ १३, २०७९ शुक्रबार
    मूल्यवृद्धिविरुद्ध थाल ठटाएर प्रदर्शन, मोटरसाइकल डोर्‍याएर विरोध

    काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीले पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धिले खाद्यान्नको मूल्य बढेको भन्दै बिहीबार पोखरामा थाल ठटाएर विरोध प्रदर्शन गरेको छ ।

    राप्रपा कार्यकर्ताले मूल्यवृद्धिको विरोध गर्दै मोटरसाइकल सडकमा डोर्‍याए । राप्रपा कास्कीले बुधबार मात्रै प्रमुख जिल्ला अधिकारीमार्फत प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाएका थिए ।

    खाद्यान्नको मुल्य वृद्धिले सर्वसाधारण खाद्यान्न खरिद गर्न सक्ने अवस्था नरहेको भन्दै पोखराको मुख्य बजार क्षेत्रमा रित्तो थाल ठटाएका थिए । यस्तै, पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धीले सवारी साधनमा तेल हाल्न नसक्ने अवस्था आएको भन्दै उनीहरुले डोर्‍याउँदै हिँडेका थिए ।

    मूल्यवृद्धिका विरुद्ध रित्तो थाल ठटाएर र मोटरसाइकल डोर्‍याएर सांकेतिक विरोध गरेको राप्रपा कास्कीका प्रवक्ता अरुण गिरीले बताए । ‘हामीले शान्तिपूर्ण आन्दोलन थालेका छौं, सरकारले समयमै सुनोस् भनेर रचनात्मक प्रदर्शन गरेको हौं,’ उनको भनाई थियो ।

    पोखराको पालिखेचोकदेखि विपीचोकसम्म प्रदर्शनपश्चात बोल्दै राप्रपा कास्कीका अध्यक्ष नारायण गुरुङले मूल्यवृद्धि फिर्ता नभए आन्दोलन सशक्त पार्ने चेतावनी दिए ।

    ‘जनताले न्युनतम उपभोग्य वस्तु पनि किन्न सक्ने अवस्था छैन, सर्वसाधारण जनता खान र बाँच्न पनि नसक्ने अवस्था आउँदैछ,’ उनले भने, ‘अरु दलहरु कमिसनमा लिप्त छन्, राप्रपा जनताको आवाज बोल्छ ।’

    सरकारले निरन्तर पेट्रोलियम पदार्थको मूल्यवृद्धि गर्दा खाद्यान्न लगायत अत्यावश्यक वस्तुको समेत मूल्य बढेको उनले बताए । देश आर्थिक संकटमा रहँदासमेत सरकार र राजनीतिक दलहरुले चासो नदिएको उनको अरोप थियो । 

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij