मंगलबार, असार २४ गते २०८२ Jul 08 2025 Tuesday
images
images

सर्लाहीमा अन्तर्राष्ट्रिय विमानस्थल बनाउन संसदमा प्रस्ताव


  • 4.0K
    SHARES
  • https://indrenipost.com/index.php/posts/4429
    जेठ १३, २०७९ शुक्रबार
    सर्लाहीमा अन्तर्राष्ट्रिय विमानस्थल बनाउन संसदमा प्रस्ताव

    काठमाडौं । जनता समाजवादी पार्टी नेपालका प्रमुख सचेतक प्रमोद साहले सर्लाहीमा अन्तर्राष्ट्रिय विमानस्थल बनाउन प्रस्ताव गरेका छन् ।

    प्रतिनिधिसभाको शुक्रबारको बैठकमा सरकारको नीति तथा कार्यक्रममाथिको छलफलमा सहभागी हुँदै उनले सर्लाहीको मूर्तियासहितका स्थानमा साढे हजार हेक्टर जमिन रहेको भन्दै अन्तर्राष्ट्रिय विमानस्थल बनाउन प्रस्ताव गरे ।

    निजगढमा विमानस्थल बनाउँदा वन मासिने भन्दै आफूले पहिले नै विरोध जनाएको र अहिले सर्वाेच्च अदालतले पनि पर्यावरणलाई ध्यानमा राखेर निजगढमा विमानस्थल बनाउन रोकेको उनको भनाइ छ ।

    निजगढबाट १५ मिनेटमै सर्लाही पुगिने र पूर्व–पश्चिम राजमार्गमा जोडिएको सर्लाहीको मूर्तियासहितका स्थानमा अन्तर्राष्ट्रिय विमानस्थल बनाउनुपर्ने साहको जोड छ ।

    बिहीबार सर्वाेच्च अदालतले निजगढमा अन्तर्राष्ट्रिय विमानस्थल निर्माण नगर्न आदेश दिएको भोलिपल्टै शुक्रबार उनले मौखिक रुपमा संसदमा उक्त प्रस्ताव गरेका हुन् ।

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij