मंगलबार, असार २४ गते २०८२ Jul 08 2025 Tuesday
images
images

अन्तर्राष्ट्रिय आणविक ऊर्जा निकाय रुसी प्रचारमा फस्योः युक्रेन


  • 1.7K
    SHARES
  • https://indrenipost.com/index.php/posts/4443
    जेठ १४, २०७९ शनिबार
    अन्तर्राष्ट्रिय आणविक ऊर्जा निकाय रुसी प्रचारमा फस्योः युक्रेन

    युक्रेनको सरकारी आणविक निरीक्षणालयले शुक्रबार अन्तर्राष्ट्रिय आणविक ऊर्जा निकाय आइएइए रुसी प्रचारमा फसेको आरोप लगाएको छ ।

    एक प्रमुख आणविक भट्टीबाट  मस्कोको सेनालाई निष्कासन गर्न किभले गरेको प्रयासलाई सहयोग गर्न माग गर्दै उसले यस्तो आरोप लगाएको हो । 

    मस्कोको सेनाले युक्रेनको जापोरिज्जिया आणविक उर्जा केन्द्र कब्जा गरेको छ । यो युरोपकै  सबैभन्दा ठूलो आणविक केन्द्र हो । आक्रमणअघि रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनले सोभियत ज्ञानको प्रयोग गरेर आफ्नै आणविक हतियारहरू सिर्जना गरिरहेको आरोप लगाएका थिए । 

    यस हप्ता डाभोसमा आयोजित विश्व आर्थिक मञ्चलाइ सम्बोधन गर्ने क्रमम भट्टीमा प्लुटोनियम र युरेनियमको ठूलो भण्डार रहेको र त्यसलाई आणविक हतियार बनाउन प्रयोग गर्न सकिने आइएइएका महानिर्देशक राफेल ग्रोसीले बताएका थिए ।

    तर, निरीक्षणालयलका कार्यबहाक प्रमुखले ओलेक कोरिकोभले महानिर्देशकको भनाई पूर्णतया असत्य भएको बताए । 


     

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij