मंगलबार, असार २४ गते २०८२ Jul 08 2025 Tuesday
images
images

आज यी प्रदेशमा चट्याङ र हावाहुरीसहित वर्षाको सम्भावना


  • 1.4K
    SHARES
  • https://indrenipost.com/index.php/posts/4444
    जेठ १४, २०७९ शनिबार
    आज यी प्रदेशमा चट्याङ र हावाहुरीसहित वर्षाको सम्भावना

    हाल नेपालमा स्थानीय वायु, भारतको उत्तर प्रदेश, विहार आसपास रहेको न्यून चापीय रेखा र पश्चिमी वायुको प्रभाव रहेको छ । देशको पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रही प्रदेश १, बागमती प्रदेश, गण्डकी प्रदेश र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा मेघ गर्जन / चट्याङ र हावाहुरीसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।

    शनिबार प्रदेश १, मधेस प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेश लगायत देशका पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू-भागमा आंशिक बदली रहनेछ। प्रदेश १, मधेस प्रदेश र बागमती प्रदेश लगायत देशको पहाडी भू-भागका केहि स्थानहरूमा मेघ गर्जन/चट्याङ र हावाहुरी सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

    यता आइतबार पनि  प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेश लगायत देशका पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू-भागमा आंशिक बदली रहनेछ। प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशका केहि स्थानहरूमा र बाँकी भू-भागका थोरै स्थानहरूमा मेघ गर्जन / चट्याङ र हावा हुरी सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij