मंगलबार, असार २४ गते २०८२ Jul 08 2025 Tuesday
images
images

दुई वर्षअघि बन्द गरिएको किमाथाङ्का नाका अझै खुलेन


  • 1.3K
    SHARES
  • https://indrenipost.com/index.php/posts/4462
    जेठ १५, २०७९ आइतबार
    दुई वर्षअघि बन्द गरिएको किमाथाङ्का नाका अझै खुलेन

    काठमाडौं । दुई वर्षअघि कोरोना सङ्क्रमण सुरु भएसँगै बन्द गरिएको किमाथाङ्का नाका अझै खुलेको छैन । चीनसँगको नेपालको नाका नखुल्दा भोटखोलाका नागरिकको दिनचर्यामा समस्या परेको छ ।

    लामो समयसम्म नाका नखुल्दा मुख्यगरी भोटखोला गाउँपालिका–१ किमाथाङ्का, २ च्याम्ताङ र ३ हुङ्गुङका नागरिकलाई समस्या परेको हो ।

    सङ्खुवासभा जिल्ला सदरमुकाम खाँदबारीसँग सडक सञ्जाल नजोडिएको त्यस क्षेत्रका बासिन्दा खाद्यान्न, लत्ताकपडालगायतका सामग्रीका लागि चीनको तिब्बतको भर पर्दै आएका थिए ।

    किमाथाङ्का र तिब्बतको देन्दाङबीचको कामुखोलाको पुलमा नाका बन्द भएपछि सामान आयात गर्न समस्या भएको स्थानीयको भनाइ छ ।

    भोटखोलाका नागरिक रोजगारीका लागि समेत तिब्बत जाने गरेका थिए । काम गर्न बिहान सीमापारि ९तिब्बत० जाने र साँझ फर्किने गरेका भोटखोलावासीका लागि आम्दानीको स्रोतसमेत पनि अहिले बन्द भएको छ । यसरी आफूहरू अहिले कामविहीन र बेखर्ची भएको भोटखोला गाउँपालिका–१ किमाथाङ्काका थुदोक भोटेले बताए ।

    नाका बन्द भएपछि किमाथाङ्का र आसपासको व्यापार व्यवसाय पनि बन्द भएको छ । तिब्बतबाट सामान ल्याएर बिक्री गर्ने किमाथाङ्काका सबै पसल अहिले बन्द भएको भोटखोला गाउँपालिका–१ किमाथाङ्काका वडाध्यक्ष नुर्बु च्यावाले बताए ।

    नाका बन्द हुनुअघि चीन सरकारले नै तिब्बतको चाँगा बजारमा निर्माण गरिदिएको एक व्यापारिक भवनबाट खाद्यान्न सामग्री नेपाल पनि निर्यात गरिन्थ्यो । यो समाचार गोरखापत्र दैनिकमा छ ।

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij