सोमबार, असार २३ गते २०८२ Jul 07 2025 Monday
images
images

आगामी आर्थिक वर्षको बजेटबारे प्रदेशभरबाट सुझाव संकलन गर्दै सरकार


  • 2.1K
    SHARES
  • https://indrenipost.com/index.php/posts/4463
    जेठ १५, २०७९ आइतबार
    आगामी आर्थिक वर्षको बजेटबारे प्रदेशभरबाट सुझाव संकलन गर्दै सरकार

    काठमाडौं । आर्थिक वर्ष २०७९/०८० को नीति तथा कार्यक्रम तथा बजेटबारे प्रदेश नम्बर १ का १४ वटै जिल्लामा सुझाव संकलन गरेर मन्त्रीहरु राजधानी विराटनगर फर्किएका छन् ।

    तल्लो तहसम्मै पुगेर सुझाव संकलन गर्दा वास्तविकतामा आधारित भएर बजेट बनाउन सहयोग मिल्ने प्रदेश सरकारको भनाइ छ ।

    प्रदेशका मन्त्री तथा सचिवहरु, योजना आयोगका पदाधिकारी गएर सुझाव संकलन गरेको र यही साता स्थानीय तहका सबै प्रमुख र उपप्रमुखको भेला गरेर पनि सुझाव संकलन गरिने सरकारको भनाइ छ।बजेटमा समेट्नुपर्ने विषय तथा स्थानीय स्तरको आवश्यकताका योजनाहरु मसिनोसँग बुझ्ने र जनता तथा सरोकारवाला पक्षसँग छलफल अन्तरक्रिया गरेरै बजेट बनाउने उद्देश्यले सबै जिल्लामा छलफल गरिएको आर्थिक मामिलामन्त्री इन्द्र आङ्बोले जानकारी दिए ।

    ‘तीन तहका सरकार बीचको समन्वयको अवस्था, आयोजनाको दोहोरोपनको समस्याबारे यो छलफलले धेरै वस्तुगत अवस्था प्रष्ट पारेको छ’, मन्त्री आङ्बोले भने, ‘आजसम्ममा सबै जिल्ला पुगेको टोली विराटनगर आइपुग्दैछ । संकलित सुझावलाई नीति कार्यक्रम तथा बजेटमा समेट्ने प्रयास हुनेछ ।’

    छलफलबाट असार १ मा आउने प्रदेशको र स्थानीय तहको असार १० गते आउने बजेट निर्माणमा पनि पृष्ठपोषण र सहजीकरण हुने आर्थिक मामिला तथा योजना मन्त्रालयले जनाएको छ । प्रदेश सभाको दशौं तथा बजेट अधिवेशन जेठ १६ गते सोमबारबाट सुरु हुँदैछ ।

    अधिवेशनको पहिलो दिन सोमबार सरकारले बजेटको सिद्धान्त र प्राथमिकता सदनमा पेश गर्दैछ । जेठ २५ मा नीति तथा कार्यक्रम प्रदेश प्रमुखले प्रस्तुत गर्नेछन् ।

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij