काठमाडौं । अर्थमन्त्री जनार्द्धन शर्माले मध्यराति लामो रस्साकस्सीपछि सरकारी कर्मचारी, शिक्षक, सेना, प्रहरीलगायतको तलब वृद्धि गर्ने निर्णय गरेका छन् ।
बेलुका चार बजे दुबै संसदको संयुक्त बैठकमा प्रस्तुत गर्न लागेको आगामी वर्षको बजेटमार्फत अर्थमन्त्रीले तलब वृद्धिको घोषणा गर्ने छन् ।
मुख्य सचिवको नेतृत्वको समितिले तलब बढाउन सुझाव दिएको थियो । राजनीतिक तहमा भने भत्ता बढाउनु पर्ने दबाब थियो । कर्मचारीले भत्ताभन्दा तलब वृद्धि गर्दा महँगीको असन्तुष्टी केही हदसम्म कम हुने भन्दै सुझाएका थिए ।
त्यसपछि अर्थमन्त्री शर्माले २ हजार रुपैयाँ तलब वृद्धि गर्ने निर्णय गरेका हुन् । बढेको तलब निबृत्तिभरण लिइरहेकाहरुलाई पनि लागू हुन्छ ।