मंगलबार, असार २४ गते २०८२ Jul 08 2025 Tuesday
images
images

तारा एअरको विमान अझै अज्ञात, खोजी कार्य जारी


  • 1.3K
    SHARES
  • https://indrenipost.com/index.php/posts/4476
    जेठ १६, २०७९ सोमबार
    तारा एअरको विमान अझै अज्ञात, खोजी कार्य जारी

    काठमाडौं । पोखराबाट जोमसोमका लागि उडेको तारा एयरको विमान बेपत्ता भएको २० घन्टा बित्दा पनि विमानको बारेमा कुनै पत्तो लागेको छैन ।

    सो विमान मुस्ताङको मानापाथी हिमाल वरपर दुर्घटना भएको आशंका गरिए पनि विमानको बारेमा अहिलेसम्म कुनै आधिकारिक जानकारी आएको छैन ।

    लामो समयदेखि विमान चलाउँदै आएका क्याप्टेन प्रभाकर घिमिरेले बिहान ९स् ५५ बजे विमान पोखराबाट जोमसोमको लागि विमान उडाएका थिए ।

    २५ वर्षदेखि विमान उडाउँदै आउनुभएका घिमिरे सहितको टोलीको अवस्था यो समाचार तयार पारुञ्जेल अज्ञात रहेको छ ।

    क्याप्टेन घिमिरेसहित कोपाइलट उत्सव पोखरेल र एयरहोस्टेज क्रिस्मी थापा रहेका थिए । उनीसँगै थिए २५ वर्षे कोपाइलट उत्सव पोख्रेलले उडान भरेका थिए ।

    रुकुम पश्चिम चौरजहारी नगरपालिकाका पोख्रेल फिलिपिन्सबाट अध्ययन सकेर नेपाल आएका हुन् । यो समाचार नेपाल समाचारपत्र दैनिकमा छ ।

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij