सोमबार, असार २३ गते २०८२ Jul 07 2025 Monday
images
images

दुर्घटनाग्रस्त अवस्थामा फेला परेको तारा एअरको जहाजमा को-को थिए ? (नामसहित)


  • 928
    SHARES
  • https://indrenipost.com/index.php/posts/4481
    जेठ १६, २०७९ सोमबार
    दुर्घटनाग्रस्त अवस्थामा फेला परेको तारा एअरको जहाजमा को-को थिए ? (नामसहित)

    काठमाडौं । आइतबार बिहान १०:१० बाट सम्पर्क विच्छेद भइ मुस्ताङको आकाशमा हराएको तारा एअरको ९ एन एईटी जहाज सोमबार दुर्घटनाग्रस्त अवस्थामा फेला परेको छ । जहाज थासाङ–२ को मानापाथी हिमालको फेदमा सानो सरे भन्ने स्थानको पहाडमा भेटिएको हो ।

    जहाजमा चालक दलका ३ सदस्य र अन्य १९ जना यात्रु गरी जम्मा २२ जना सवार थिए। यात्रुहरु दुई जर्मन नागरिक, चार भारतीय र १३ नेपाली  रहेका छन् ।

    जहाज आइतबार बिहान ९.५५ बजे पोखराबाट जोमसोम उडेको थियो। जहाजमा पाइलट प्रभाकर घिमिरे, को-पाइलट उत्सव पोखरेल र एयरहोस्टेज किस्मी थापा थिए ।

    जहाजमा दुई जर्मन नागरिक वी विलनर  र मेइक ग्रिटग्राफ थिए। साथै भारतीय नागरिक बान्देकर वैसवी,अशोककुमार त्रिपाठी, धनुश त्रिपाठी र ऋतिका  त्रिपाठीसमेत सोही जहाजमा थिए ।

    यस्तै,जहाजमा नेपाली नागरिक इन्द्रबहादुर गोले, पुर्षोत्तम गोले, राजनकुमार गोले, वसन्त लामा, गणेशनारायण श्रेष्ठ,  रविना श्रेष्ठ, रस्मी श्रेष्ठ, रोजिना श्रेष्ठ, प्रकाश सुनुवार, मकरबहादुर तामाङ, राममाया तामाङ, सुकुमाया तामाङ, तुलसादेवी तामाङ सवार रहेका नागरिक उड्डयन कार्यालय पोखराले जनाएको छ ।

    बेपत्ता भएको जहाज समुन्द्री सतहदेखि माथि झन्डै ४ हजार मिटर उचाइमा दुर्घटना भएको मुस्ताङका प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माले जानकारी दिएका छन्  । यो समाचार अन्नपूर्णपोष्ट दैनिकमा छ ।

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij