सोमबार, असार २३ गते २०८२ Jul 07 2025 Monday
images
images

तारा एअरको विमान कसरी दुर्घटना भयो ? अझै एक जनाको शव फेला परेको छैन-नेपाली सेना


  • 1.5K
    SHARES
  • https://indrenipost.com/index.php/posts/4483
    जेठ १७, २०७९ मंगलबार
    तारा एअरको विमान कसरी दुर्घटना भयो ? अझै एक जनाको शव फेला परेको छैन-नेपाली सेना

    काठमाडौं । १९ यात्रु र चालक दलका तीन सदस्यसहित २२ जना बोकेर तारा एयरको एन एइटी, डिएचसी ६, ट्विनअटर विमान आइतबार बिहान ९ः५५ बजे पोखराबाट जोमसोमका लागि उड्यो ।

    यो विमानका लागि पोखरा जोमसोम उडान समय १८ मिनेट हो । विमान जोमसोममा १०ः१३ बजे अवतरण गर्नुपर्ने थियो तर अवतरण गर्न ६ मिनेट बाँकी छदै सम्पर्कविहीन बन्यो ।

    सम्पर्कविहीन भएलगत्तै बाटो बिराएको विमान करिब १३ हजार ५ सय फिटको उचाइको हिमाली खोंचको चट्टाने पहरोमा ठोक्किन पुग्दा क्षतविक्षत अवस्थामा फेला परेको छ ।

    विमानमा यात्रा गरिरहेका यात्रु र चालक दलमध्ये २१ जनाको शव फेला परेको छ । एकजना अझै हराइरहेको प्रहरीले बताएको छ ।

    दुर्घटना स्थलमा उद्धारका लागि खटिएका प्रहरी निरीक्षक राजकुमार तामाङका अनुसार दुर्घटनास्थल निकै अप्ठ्यारो ठाउँमा थियो ।

    करिब १३ हजार ५ सय फिटको उचाइको चट्टाने पहरोमा ठोक्किएपछि खोंचमा खसेको अवस्थामा विमान फेला परेको उनले बताए । यो समाचार नागरिक दैनिकमा छ ।

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij