सोमबार, असार २३ गते २०८२ Jul 07 2025 Monday
images
images

विमान दुर्घटनामा ज्यान गुमाएकाहरुको शव टुक्राटुक्रा, पोष्टमार्टम गर्न कठिन, के भन्छन् डाक्टर ?


  • 1.9K
    SHARES
  • https://indrenipost.com/index.php/posts/4486
    जेठ १७, २०७९ मंगलबार
    विमान दुर्घटनामा ज्यान गुमाएकाहरुको शव टुक्राटुक्रा, पोष्टमार्टम गर्न कठिन, के भन्छन् डाक्टर ?

    काठमाडौं । सामान्यतः मृत्युको कारण पत्ता लगाउन पोस्टमार्टम गरिन्छ । तर, दुर्घटनाग्रस्त तारा एयरमा सवार व्यक्तिको शव पोस्टमार्टम गर्नुको कारण फरक छ ।

    तारा एयरको ट्विनअटर विमान दुर्घटनामा परेका यात्रुको शव सग्लो छैन । टुक्रा–टुक्रा शव संकलन गरी काठमाडौं ल्याउन धौधौ भइरहेको छ । मुस्ताङको थासाङ–२ स्थित कोवाङबाट पोखरा हुँदै १० वटा शव मात्र काठमाडौं ल्याइएको छ ।

    स्थानीयवासीसहित नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र नेपाली सेनाको उद्धार टोलीको सहयोगमा दुर्घटनास्थलबाट शव काठमाडौं ल्याइएको हो ।

    ‘शवको पोष्टमार्टमका लागि हाम्रो चिकित्सकीय टिम तयारी अवस्थामा छ’, त्रिभुवन विश्वविद्यालय, फरेन्सिक मेडिसिन विभागका उपप्राध्यापक डा. गोपालकुमार चौधरी भन्छन्, ‘मंगलबार बिहानबाट पोस्टमार्टम सुरु हुन्छ ।’

    त्रिभुवन विश्वविद्यालय, फरेन्सिक मेडिसिन विभागका चिकित्सकहरू पोष्टमार्टमका लागि तयार छन् । उनीहरूलाई रेजिडेन्ट चिकित्सक पनि सघाउँदै छन् । ९ जनाको चिकित्सकीय टिम पोष्टमार्टममा जुटेका छन् ।

    शवगृहमा सोमबार साँझसम्म १० वटा शव ल्याइएको छ । शव पोको पारेर ल्याइएको हो । शव ल्याउन संलग्न एक प्रहरी भन्छन्, ‘टुक्रा–टुक्रा अवस्थाका शव छन् । ९ जनाको पनि हुन सक्छ । १० जनाको पनि हुन सक्छ ।’

    २२ जनामध्ये २१ शव फेला परेको छ । फेला परेका शव कसको हो ? त्यो पत्ता लगाउनुपर्ने चुनौती चिकित्सकलाई छ । तर, फरेन्सिक मेडिसिन विभाग प्रमुख प्राडा तुलसी कँडेलको नेतृत्वमा ९ जनाको चिकित्सकीय टिमको काँधमा शव पहिचानको जिम्मेवारी छ ।

    फरेन्सिक मेडिसिन विभागका उपप्राध्यापक डा. चौधरीका अनुसार, डिजास्टर भिक्टिम आइडेन्टिफिकेसन (डीभीआई) अर्थात् दुर्घटनामा परेकाहरूको शवको पहिचान गर्न पूर्वतयारी सहितको योजना बनाइसकिएको छ ।

    ‘मंगलबार बिहानदेखि तपाईंले हामीलाई भेट्न पाउनु हुन्छ,’ सोमबार साँझ डा. चौधरीले भने,‘ शव आइसकेको छ । अब शव पहिचानका लागि अपनाइने विभिन्न प्रक्रिया अघि बढ्छ ।’ यो समाचार अन्नपूर्णपोष्ट दैनिकमा छ ।

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij