सोमबार, असार २३ गते २०८२ Jul 07 2025 Monday
images
images

निर्माण कार्य सम्पन्न नहुँदै उदघाटन गरिएको मेलम्ची अझै निर्माण हुँदै, पानी पिउन कात्तिक कुर्नुपर्ने


  • 1.8K
    SHARES
  • https://indrenipost.com/index.php/posts/4487
    जेठ १८, २०७९ बुधबार
    निर्माण कार्य सम्पन्न नहुँदै उदघाटन गरिएको मेलम्ची अझै निर्माण हुँदै, पानी पिउन कात्तिक कुर्नुपर्ने

    काठमाडौं । मनसुन सुरु हुन थालेपछि मेलम्ची खानेपानी आयोजनाको मुहानका ढोका बन्द गरिएका छन् ।

    वर्षायाममा बाढीपहिरो आउन सक्ने र मुहानलगायत सुरुङमा क्षति पुग्ने भएकाले पानी पथान्तरण बन्द गरी सुरुङका ढोका बन्द गरिएको हो ।

    मेलम्ची खानेपानी आयोजनाका सिनियर डिभिजन इन्जिनियर पदमबहादुर कुँवरले मङ् गलबारदेखि पानी पथान्तरण रोकी सुरुङमा पानी पठाउने एक, नौ र १० नम्बरका ढोका बन्द गरिएको जानकारी दिए ।

    उनले बुधबार ३८ नम्बरको ढोकासमेत बन्द गरिने बताउँदै वर्षायाम सकिएसँगै आगामी कात्तिकदेखि पानी पुनः सुन्दरीजल पठाइने जानकारी दिए ।

    उनले भने, “मौसमविद्हरूले बुधबारदेखि मनसुन सुरु हुने जानकारी दिएकाले आयोजनाको मुहान क्षेत्र संरक्षणका लागि सबै ढोका बन्द गर्न लागिएको हो ।”

    सुरुङ मार्गमा पानी पथान्तरण रोकिएसँगै गत वर्षाको बाढीले क्षतिग्रस्त बनेका ढोका मर्मत गरिने छन् । यो समाचार गोरखापत्र दैनिकमा छ ।

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij