सोमबार, असार २३ गते २०८२ Jul 07 2025 Monday
images
images

मर्यादाक्रम हेरफेर भएसँगै पूर्वराजा ज्ञानेन्द्र साधारण नागरिकको हैसियतमा छैटौँ स्थानमा (मर्यादाक्रमसहित)


  • 2.0K
    SHARES
  • https://indrenipost.com/index.php/posts/4493
    जेठ १९, २०७९ बिहीबार
    मर्यादाक्रम हेरफेर भएसँगै पूर्वराजा ज्ञानेन्द्र साधारण नागरिकको हैसियतमा छैटौँ स्थानमा (मर्यादाक्रमसहित)

    काठमाडौं । सरकारले मर्यादाक्रममा हेरफेर गर्ने भएको छ । गृहमन्त्री बालकृष्ण खाँणको निर्देशनमा मर्यादाक्रममा हेरफेर गर्न लागिएको हो । हेरफेर गरिएको मर्यादाक्रममा पहिलोपटक शिक्षकहरूलाई पनि समावेश गरिएको छ ।

    यसै गरी प्रदेशसभा सचिवालयमा कार्यरत कर्मचारीलाई पनि पहिलोपटक मर्यादाक्रममा राखिएको छ । मन्त्रालय स्रोतका अनुसार पूर्वराजालाई पनि मर्यादाक्रममा समेटिएको छ । बहालवाला राष्ट्रपति र उपराष्ट्रपतिलाई मर्यादाक्रममा पहिलो र दोस्रो स्थानमा राखिएको छ ।

    यसै गरी मर्यादाक्रमको तेस्रो स्थानमा प्रधानमन्त्री र चौथोमा प्रधानन्यायाधीश, पाँचौँमा प्रतिनिधिसभाका सभामुख राष्ट्रियसभाका अध्यक्षलाई राखिएको छ । मर्यादाक्रमको छैटौँ स्थानमा पूर्वराष्ट्रपति र पूर्वराजालाई राखिएको छ ।

    पूर्वराजाको स्थान पूर्वराष्ट्रपति पछाडि छ । पूर्वराजापछि छैटौँ स्थानमै बहालवाला उपप्रधानमन्त्री र पूर्वउपराष्ट्रपलिाई राखिएको छ । पूर्व राष्ट्रप्रमुखका रूपमा पूर्वराजालाई पहिलोपटक मर्यादाक्रममा राखिएको गृह मन्त्रालयका कर्मचारी बताउँछन् ।

    मर्यादाक्रम परिमार्जन गर्न मन्त्रालयले पोखरेलको नेतृत्वमा कार्यदल बनाएको थियो । यो समाचार नागरिक दैनिकमा छ ।

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij