सोमबार, असार २३ गते २०८२ Jul 07 2025 Monday
images
images

एक सय ८३ स्थानीय तहले अझै पेश गरेनन् बजेट


  • 2.2K
    SHARES
  • https://indrenipost.com/index.php/posts/4509
    साउन ६, २०७९ शुक्रबार
    एक सय ८३ स्थानीय तहले अझै पेश गरेनन् बजेट

    काठमाडौं । असार मसान्तसम्म पेश गरिसक्नु पर्ने बजेट साउन ६ गतेसम्म आइपुग्दा पनि अझै १८३ वटा स्थानीय तहले पेश गरेका छैनन् । 

    संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले समयभित्र बजेट पेश नगर्ने स्थानीय तहलाई एकसाथ पत्र लेख्दै बजेट स्वीकृत गरी अद्यावधिक गराउन आदेश दिएको छ । 

    कूल ७५३ स्थानीय तहमध्ये हालसम्म ५७० वटाले बजेट पेश गरी अद्यावधिक जानकारी उपलब्ध गरेको मन्त्रालयले जनाएको छ । 

    मन्त्रालयका अनुसार बजेट पेश नगर्ने स्थानीय तहमा प्रदेश १ मा २७, मधेश प्रदेशमा ६१, बागमती प्रदेशमा २९, गण्डकी प्रदेशमा ९, लुम्बिनी प्रदेशमा २२, कर्णाली प्रदेशमा १४ र सुदूरपश्चिम प्रदेशमा २१ वटा रहेका छन् । 

    हालसम्म प्रदेश १ मा ११०, मधेश प्रदेशमा ७५, बागमती प्रदेशमा ९०, गण्डकी प्रदेशमा ७६, लुम्बिनी प्रदेशमा ८७, कर्णाली प्रदेशमा ६५ र सुदूरपश्चिम प्रदेशमा ६७ वटा स्थानीय तहले बजेट पेश गरिसकेका छन् । 

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij