मंगलबार, असार २४ गते २०८२ Jul 08 2025 Tuesday
images
images

अन्तर्राष्ट्रिय

इन्डोनेसियामा डुंगा पल्टिदा १५ को मृत्यु, १९ जना बेपत्ता

  • 1.7K
    SHARES
  • https://indrenipost.com/index.php/posts/4517
    साउन ८, २०८० सोमबार
    इन्डोनेसियामा डुंगा पल्टिदा १५ को मृत्यु, १९ जना बेपत्ता


    जाकर्ता । इन्डोनेसियाको सुलावेसी टापुमा डुंगा पल्टिँदा कम्तीमा १५ जनाको मृत्यु भएको छ भने अन्य १९ जना बेपत्ता भएका छन् । 

    राष्ट्रिय खोज तथा उद्धार एजेन्सीले दिएको जानकारी अनुसार जहाजमा ४० जना यात्रु थिए र सो डुंगा राति करिब १२ बजे डुबेको थियो । 

    तर, दुर्घटनाको कारण भने खुल्न सकेको छैन । ६ जना यात्रुको उद्धार गरिएको छ, जसको स्थानीय अस्पतालमा उपचार भइरहेको छ ।

    राष्ट्रिय खोज तथा उद्धार एजेन्सीले बेपत्ता यात्रुको खोजी गरिरहेको छ । खोज तथा उद्धार एजेन्सीको स्थानीय शाखाका मुहम्मद अराफाले भने, ‘सबै पीडितहरूको पहिचान भइसकेको छ र शवहरू उनीहरूको परिवारलाई हस्तान्तरण गरिएको छ, बाँचेकाहरूको अहिले स्थानीय अस्पतालहरूमा उपचार भइरहेको छ । 

    उद्धार एजेन्सीले साझा गरेका तस्बिरहरूमा स्थानीय अस्पतालको भुइँमा लुगाले छोपिएको पीडितहरूको शव देखाइएको छ । 

    डुङ्गाले मानिसहरूलाई खाडी पार गरी दक्षिणपूर्वी सुलावेसी प्रान्तको राजधानी केन्द्रीबाट करिब २०० किलोमिटर दक्षिणमा रहेको मुना टापुमा पुर्याएको थियो । 

    त्यही क्रममा यो घटना भएको हो ।
     

    images
    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij