सोमबार, असार २३ गते २०८२ Jul 07 2025 Monday
images
images

राष्ट्रपति पौडेलले गरे पाटनको कृष्ण मन्दिर दर्शन


  • 451
    SHARES
  • https://indrenipost.com/index.php/posts/4551
    भदौ २०, २०८० बुधबार
    राष्ट्रपति पौडेलले गरे पाटनको कृष्ण मन्दिर दर्शन

    काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले श्रीकृष्ण जन्माष्टमी पर्वका अवसरमा बुधबार पाटन दरबारस्थित ऐतिहासिक कृष्ण मन्दिर गई दर्शन एवम् प्रसाद ग्रहण गरेका छन् ।

    सो अवसरमा उनलाई ललितपुर क्षेत्र नं १ र २ का सांसदद्वय उदयशम्शेर राणा र प्रेमबहादुर महर्जन, बागमती प्रदेशका उद्योगमन्त्री रामकृष्ण चित्रकार, ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनलगायत जनप्रतिनिधि, प्रमुख जिल्ला अधिकारी रुद्रप्रसाद पण्डितलगायत निजामती कर्मचारी र स्थानीयवासी एवम् भक्तजनले स्वागत गरेका थिए ।

    राष्ट्रपति पौडेलले सोही अवसरमा पाटन दरबार क्षेत्रका सांस्कृतिक सम्पदाको अभिरुचिपूर्वक अवलोकन गरे । उनलाई महानगर प्रमुख महर्जनले सम्पदास्थलका बारेमा जानकारी गराएका थिए ।

    विश्व सम्पदा सूचीमा सूचीकृत पाटन दरबार क्षेत्रमा भ्रमणका लागि स्वदेशीका साथै विदेशी पर्यटकको पनि दैनिक भीड लाग्ने गर्छ ।

  • सम्बन्धित विषय:

  • # श्रीकृष्ण जन्माष्टमी
  • images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij