सोमबार, असार २३ गते २०८२ Jul 07 2025 Monday
images
images

४२ हजार कर्मचारीमा कोही भेटिएन ‘सर्वोत्कृष्ट’ - २ लाखको पुरस्कार खेर 


  • 856
    SHARES
  • https://indrenipost.com/index.php/posts/4570
    भदौ २२, २०८० शुक्रबार
    ४२ हजार कर्मचारीमा कोही भेटिएन ‘सर्वोत्कृष्ट’ - २ लाखको पुरस्कार खेर 

    काठमाडौं । सरकारले यस वर्ष पनि संघ सरकारअन्तर्गत कार्यरत ४२ हजार निजामती कर्मचारीमध्येबाट  एक जना पनि सर्वोत्कृष्ट कर्मचारी भेटाउन सकेन । 

    ‘व्यावसायिक र सिर्जनशील प्रशासन ः विकास, समृद्धि र सुशासन’को नारा दिँदै निजामती सेवा दिवस मनाइरहेको सरकारले गत वर्षझैँ यो वर्ष पनि सर्वोत्कृष्ट कर्मचारी छनोट गर्न नसकेको हो ।सरकार केही वर्षदेखि सर्वोत्कृष्ट निजामती पुरस्कार छनोट गर्न असफल हँुदै आएको छ । 

    बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले १० जनालाई उत्कृष्ट निजामती पुरस्कार र ३० जनालाई निजामती पुरस्कार दिने निर्णय गरेको छ । तर, १ जनालाई सर्वोत्कृष्ट पुुरस्कार दिन निर्णय सरकारले गर्न सकेन ।

    सर्वोत्कृष्ट पुरस्कारको राशि २ लाख रुपियाँ रहेको छ । तर, सो पुरस्कार कसैले पनि पाउन नसक्दा २ लाखको पुरस्कार खेर गएको छ । यो समाचार नेपाल समाचारपत्रमा छ । 

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij