सोमबार, असार २३ गते २०८२ Jul 07 2025 Monday
images
images

चिनीयाँ कर्मचारीलाई आइफोन प्रयोगमा प्रतिबन्ध लगाउने रिपोर्टले एप्पलको २ सय बिलियन डलर बराबरको मूल्य चुक्यो 


  • 811
    SHARES
  • https://indrenipost.com/index.php/posts/4582
    भदौ २२, २०८० शुक्रबार
    चिनीयाँ कर्मचारीलाई आइफोन प्रयोगमा प्रतिबन्ध लगाउने रिपोर्टले एप्पलको २ सय बिलियन डलर बराबरको मूल्य चुक्यो 

    बेइजिङ । चिनियाँ सरकारी कर्मचारीलाई आईफोन प्रयोगमा प्रतिबन्ध लगाउने रिपोर्ट सार्वजनिक भएपछि एप्पलको सेयरमा लगातार दोस्रो दिन गिरावट देखिएको छ ।

    पछिल्ला दुई दिनमा कम्पनीको बजार मूल्य ६ प्रतिशतभन्दा बढी अर्थात् २ खर्ब डलर ९२०० बिलियन डलर० ले घटेको हो । चीन एप्पलको तेस्रो ठूलो बजार हो । गत वर्ष कूल आम्दानीको १८ प्रतिशत हिस्सा चीनले ओगटेको थियो ।

    त्यस्तै, चीनमा नै फक्सकनबाट एप्पलका धेरै उत्पादनहरू निर्माण गरिन्छन् । बुधबार वाल स्ट्रिटमा प्रकाशित रिपोर्टमा बेइजिङले केन्द्रीय सरकारी एजेन्सीका अधिकारीहरूलाई काममा आईफोन प्रयोग नगर्न निर्देशन जारी गरेको उल्लेख गरिएको थियो ।

    त्यसको भोलिपल्ट ब्लुम्बर्गले यो प्रतिबन्ध राज्यद्वारा सञ्चालित कम्पनी र एजेन्सीका कर्मचारीमा पनि लागू हुने बताएको थियो ।

    १२ सेप्टेम्बरमा आईफोन १५ लञ्च हुनअघि यी रिपोर्टहरू प्रकाशित भएका हुन् । चिनियाँ सरकारले यस विषयमा आधिकारिक प्रतिक्रिया दिएको छैन । २८ खर्ब डलर ९२.८ ट्रिलियन डलर) सहित एप्पल विश्वकै सबैभन्दा धेरै बजार मूल्य भएको कम्पनी हो । मूल्यमा गिरावटबारे प्रतिक्रिया माग गर्दा कम्पनीले तत्कालै कुनै जवाफ नदिएको बीबीसीले जनाएको छ । -एजेन्सी 

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij