सोमबार, असार २३ गते २०८२ Jul 07 2025 Monday
images
images

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना प्रभाव- आलु खेतीतर्फ किसानहरूको बढ्दो आकर्षण, २० करोड बराबर निर्यात्


  • 460
    SHARES
  • https://indrenipost.com/index.php/posts/4593
    भदौ २४, २०८० आइतबार
    प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना प्रभाव- आलु खेतीतर्फ किसानहरूको बढ्दो आकर्षण,  २० करोड बराबर निर्यात्

    रामेछाप । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना रामेछापले प्राविधिक सहयोग तथा बजारीकरणमा सहयोग गरेपश्चात् रामेछापका कृषक आलु खेतीतर्फ आकर्षित भएका छन् । 

    परियोजनाले रामेछापका दुई स्थानीय तहलाई आलु जोन घोषणा गरी काम गरी रहेको छ । रामेछापको उत्तरी क्षेत्रका उमाकुण्ड गाउँपालिका र गोकुलगङ्गा गाउँपालिका आलुजोन घोषण गरी काम गरिरहेको छ । 

    परियोजनाले जोन क्षेत्रका कृषकलाई प्राविधिक सहयोगसहित सिँचाई तथा बजारीकरणमा समेत सहयोग गरेको छ । गोकुलगङ्गा गाउँपालिकाका ४७ वर्षका पेम्वा शेर्पाले यो वर्षमा २० लाख बराबरको आलु निर्यात गरेको बताउनुहुन्छ । 

    उहाँले हाल १ सय २० रोपनीमा आलु खेती गर्दा सो रकम बराबरको आलु बेच्नु भएको हो । शेर्पाले उक्त क्षेत्रमा आलु खेती गर्दा ८ लाख खर्च भएको बताउनुभयो । यसर्थ सबै खर्च कटाउँदा उहाँले यस वर्ष १२ लाख खुद नाफा गर्न सफल हुनुभएको छ 

    कृषकलाई व्यावसायिक उत्पादन गर्न प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाले सहयोग गरेको बताउँनुहुन्छ, –हिमालयन पोटेटो डेभलमेन्ट तथा रिसर्च प्रालि गोकुल गङ्गा गाउँपालिका रामेछापका सञ्चालक लक्षण केसी । 

    परियोजनाले प्राविधिक सहयोग र किसानहरूमा प्रोत्साहन बजार व्यवस्थापन र गुणस्तरीय आलुको बीउ उत्पादन अनि भण्डारमा समेत सहयोग गरेको केसी बताउँनुहुन्छ । भने परियोजनाले सिचाइको लागि समेत सहयोग गरेको छ ।

    एकीन डेटा भदौ महिनाको अन्तिममा आउने भए पनि यो समाचार तयार पार्दासम्म करिब २० करोड बराबरको आलु निर्यात् भएको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना रामेछापका प्रमुख थिरलाल गैरेले बताउनुभयो । उहाँका अनुसार हाल रामेछापमा ३२ सय ९० हेक्टरभन्दा क्षेत्रमा आलु खेती हुने गरेको छ ।

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij