मंगलबार, असार २४ गते २०८२ Jul 08 2025 Tuesday
images
images

मोरक्कोमा शक्तिशाली भूकम्प- ५० नेपाली दूतावासको सम्पर्कमा, २ हजार १२ जनाको मृत्यु 


  • 1.4K
    SHARES
  • https://indrenipost.com/index.php/posts/4597
    भदौ २४, २०८० आइतबार
    मोरक्कोमा शक्तिशाली भूकम्प- ५० नेपाली दूतावासको सम्पर्कमा, २ हजार १२ जनाको मृत्यु 

    काठमाडौं । अफ्रिकी राष्ट्र मोरक्कोमा रहेका नेपाली दिनहुँजसो दूतावासको सम्पर्कमा आउने गरेका छन् । 

    हालसम्म जम्मा ५० जना नेपाली दूतावासको सम्पर्कमा आएका छन् । 

    अस्ति (शुक्रबार) राति गएको ६.८ म्याग्निच्युडको शक्तिशाली भूकम्पका कारण मोरक्कोमा दुई हजारभन्दा बढी मानिसको मृत्यु भइसकेको छ । 

    भूकम्पका कारण संरचना भत्कँदा पुरिएर हालसम्म दुई हजार १२ जनाको मृत्यु भएको अमेरिकी न्युज च्यानल सीएनएनले जनाएको छ ।

    भूकम्पका कारण संरचना भत्कँदा पुरिएर गम्भीर घाइते भएका एक हजार ४०४ जनाको अस्पतालमा उपचार भइरहेको छ ।

    इजिप्टस्थित नेपाली दूतावासले मोरक्कोसहित १७ देशलाई हेर्ने गर्छ । 

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij