मंगलबार, असार २४ गते २०८२ Jul 08 2025 Tuesday
images
images

अमेरिकी कम्युनिस्ट पार्टीले जलाए आफ्नै देशको झण्डा, मुलुकमा साम्राज्यवाद हाबी भएको आरोप


  • 361
    SHARES
  • https://indrenipost.com/index.php/posts/4599
    भदौ २५, २०८० सोमबार
    अमेरिकी कम्युनिस्ट पार्टीले जलाए आफ्नै देशको झण्डा, मुलुकमा साम्राज्यवाद हाबी भएको आरोप

    वासिंगटन डिसी । अमेरिकन कम्युनिष्ट क्रान्तिकारीहरूको समूहले शिकागोमा जेसन एल्डियन कन्सर्ट बाहिर धेरै अमेरिकी झण्डाहरू जलाएका छन् ।

    फक्स न्युजका अनुसार कम्युनिष्ट प्रदर्शनकारीहरूले अमेरिकामा मार्क्सवादी क्रान्तिमा विश्वास गर्ने रेभकम (क्रान्तिकारी कम्युनिष्ट पार्टी) को बारेमा चेतना जगाउने क्रममा  आफनो राष्ट्रको झन्डा जलाएका हुन । उनीहरुले अमेरिकी शाषकलाई ‘जनावरपेट’ समेत भनेका छन् । 

    रेभकमका कार्यकर्ताहरूले अमेरिकी झण्डा जलाएपछि पुलिसले सो कार्यलाई ‘गैरकानुनी’ भनेको छ । उनीहरुको सभालाई गैर कानुनी घोषणा गर्दै यस्तो कार्य र उनीहरुको यस्तो खाले सक्रियताले धेरैलाई चिन्तित र विचलित बनाएको प्रारम्भिक प्रतिक्रिया दिएको छ ।

    ‘क्रान्तिकारी कम्युनिष्ट पार्टीले विश्व क्रान्तिको प्रमुख अंश र साम्यवादको अन्तिम उद्देश्यका लागि साम्राज्यवादी अमेरिका बिरुद्ध क्रान्तिको नेतृत्व गर्ने जिम्मेवारी लिएको छ’ सो पार्टीको वेबसाइटमा लेखिएको छ । सो समूहको घोषणापत्रले माओको ‘वैज्ञानिक विधि’ को प्रयोग र सांस्कृतिक क्रान्तिका केही पक्षहरूलाई विश्वास गरेको जनाउँदै चीनमा भएको माओकालिन सांस्कृति क्रान्तिको प्रशंशा गरेको छ ।

    ‘हामीले यो एउटा सानो शहरमा प्रदर्शन गर्यौं,’ केहीले अमेरिकी झण्डा जलाएपछि रेभकम्सका कार्यकर्ताले भने।

    प्रदर्शनकारीहरूले आलोचकहरूले हालै आएको एल्डियनको गीतलाई उल्लेख गर्दै भने, ‘अब तपाईहरु पनि आ आफनो शहरमा यस्तो प्रयास गर्नुहोस् अनि धनी र गरिब बिचको ठुलो खाडल अन्त्य गर्न सहयोग गर्नुहोस् ।
     

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij