मंगलबार, असार २४ गते २०८२ Jul 08 2025 Tuesday
images
images

२०२४ निर्वाचन सर्वेक्षण- अमेरिकामा वाइडेनभन्दा ट्रम्प लोकप्रिय !


  • 1.3K
    SHARES
  • https://indrenipost.com/index.php/posts/4616
    भदौ २८, २०८० बिहीबार
    २०२४ निर्वाचन सर्वेक्षण- अमेरिकामा वाइडेनभन्दा ट्रम्प लोकप्रिय !

    वासिगटन डिसी । अमेरिकामा राष्ट्रपति जो वाइडेनभन्दा पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प लोकप्रिय देखिएका छन् ।

    अमेरिकाको क्विनिपियाक युनिभर्सिटीले गरेको सर्वेक्षणका अनुसार बाइडेनलाई मत दिने आधा समर्थकले अर्को विकल्प खोजिरहेका जनाएका छन् ।

    सन् २०२४ को राष्ट्रपतिय चुनावमा डोनाल्ड ट्रम्प र बाइडेनबीच कसलाई छनोट गर्ने भन्ने प्रश्नमा ४३ प्रतिशत मानिसले बाइडेनलाई फेरि राष्ट्रपति बनाउनुपर्छ भन्ने धारणा राखेका छन् ।

    तर, ४६ प्रतिशत जनताले ट्रम्पलाई पुनः राष्ट्रपतिको रूपमा हेर्न चाहेको बताएका छन् ।

    सो सर्वेक्षणमा राष्ट्रिय संकटको अवस्था सामना गर्न कसले राम्रो काम गर्छ ? भनेर सोधिएको थियो, जसमा ५१ प्रतिशत मतदाताले ट्रम्पलाई समर्थन गरेका छन् । जबकि ४४ प्रतिशतले बाइडेनलाई समर्थन गरेका छन् ।

    इसका सार्थै ५० प्रतिशत मतदाताले बाराक ओबामाको सरकारमा उपराष्ट्रपति हुँदा हन्टर बाइडेनको युक्रेन र चीनसँगको व्यापारिक सम्झौतामा जो बाइडेन संलग्न भएको ठान्छन् भने ४० प्रतिशत मतदाताले जो बाइडेन संलग्न नभएको महसुस गर्छन् । 

    जहाँ ३५ प्रतिशत मतदाताले जो बाइडेन युक्रेन र चीनसँगको हन्टर बाइडेनको व्यापारिक कारोबारमा संलग्न रहेको र उनले केही गैरकानूनी काम गरेको विश्वास गर्छन् । 

    १३ प्रतिशत मतदाताले उनी सो कारोबारमा संलग्न रहेको र उनले अनैतिक काम गरेको विश्वाससमेत गर्छन् । तर, त्यसमा कुनै र केही गैरकानूनी कार्य भएको अहिलेसम्म प्रमाणित हुन सकेको छैन ।
     

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij