सोमबार, असार २३ गते २०८२ Jul 07 2025 Monday
images
images

किमले दिए उत्तर कोरिया भ्रमणको निम्तो, पुटिनद्वारा स्वीकार 


  • 1.4K
    SHARES
  • https://indrenipost.com/index.php/posts/4628
    भदौ २८, २०८० बिहीबार
    किमले दिए उत्तर कोरिया भ्रमणको निम्तो, पुटिनद्वारा स्वीकार 

    एजेन्सी । उत्तर कोरियाली नेता किम जोङ उनले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई भ्रमणको निम्तो दिएका छन् । शिखर वार्ताका लागि रुसको भोस्तोच्नी पुगेका नेता किमले राष्ट्रपति पुटिनलाई भ्रमणको निम्तो दिएका हुन् ।

    उत्तर कोरियाली सरकारी रेडियो भ्वाइस अफ कोरियाले नेता किमको निम्तो राष्ट्रपति पुटिनले स्वीकार गरेको दाबी गरेको छ । भ्वाइस अफ कोरियालाई उद्धृत गर्दै रुसी समाचार संस्था तासले लेखेको छ– रात्रिभोजपछि कमरेड किमले राष्ट्रपति पुटिनलाई उपयुक्त समयमा उत्तर कोरिया भ्रमण गर्न निम्तो दिनुभएको छ । पुटिनले निम्ता स्वीकार गर्नु भएको छ ।

    यसअघि रुसी राष्ट्रपति पुटिनका प्रेस सचिव दिमित्री पेस्कोभले भने पुटिनको उत्तर कोरिया भ्रमण दुई नेताबीचको वार्ताको एजेन्डा नभएको बताएका थिए ।

    रुसी राष्ट्रपति पुटिन र उत्तर कोरियाली नेता किमबीच बुधबार भोस्तोच्नी स्पेसपोर्टमा करिब ५ घण्टा कुराकानी भएको थियो । दुई नेताबीच ४ वर्षपछि कुराकानी भएको हो । 

    कोभिड महामारीपछि उत्तर कोरियाली नेता किम पहिलो पटक विदेश भ्रमणमा निस्किएका हुन् भने झन्डै साढे ४ वर्षपछि रुस गएका हुन् । किमको पछिल्लो विदेश भ्रमण रुसको भ्लादिभोस्तोक नै रहेको थियो ।

    पुटिन भ्लादिभोस्तोकबाट विमानमा भोस्तोच्नी पुगेका थिए भने नेता किम भने उत्तर कोरियाबाटै बख्तरबन्द रेलमा रूस पुगेका हुन् । रुसी राष्ट्रपति पुटिनले नेता किमले रकेट विज्ञानमा चासो देखाएको पत्रकारहरूलाई बताएका थिए । त्यस्तै नेता किमले रुसलाई विपक्षीहरूबाट आफ्नो सार्वभौमसत्तालाई रक्षा गर्ने चुनौती थपिएको बताएको तासको समाचारमा उल्लेख छ । 

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij