मंगलबार, असार २४ गते २०८२ Jul 08 2025 Tuesday
images
images

लिबियामा भिषण बाढीको बितण्डा : एक हजार तीन सय जनाको मृत्यु, सिंगो देश नै शोकमा परिणत


  • 1.1K
    SHARES
  • https://indrenipost.com/index.php/posts/4640
    भदौ ३१, २०८० आइतबार
    लिबियामा भिषण बाढीको बितण्डा : एक हजार तीन सय जनाको मृत्यु, सिंगो देश नै शोकमा परिणत

    लिबियामा ड्यानियल आँधीसँगै परेको मुसलधारे वर्षाले भीषण बाढी निम्त्याउँदा ज्यान गुमाउनेको सङ्ख्या विरोधाभासपूर्ण आइरहेका बेला पूर्वी शहर डेर्नामा मात्र ११ हजार तीन सय जनाले ज्यान गुमाएका संयुक्त राष्ट्रसङ्घले जनाएको छ । 

    लिबियाको रेड क्रिसेन्टलाई उद्धृत गर्दै संयुक्त राष्ट्रसङ्घले अद्यावधिक गरेको विवरणअनुसार उक्त शहरका १० हजार एक सय जना अझै बेपत्ता छन्भने डेर्ना बाहेक अन्यत्र एक सय ७० जनाको मृत्यु भएको छ । 

    खोज तथा उद्धार टोली पीडितलाई जीवित फेला पार्ने आशमा हिलोमा खनिखोस्री तथा भग्नावशेषमा खोजी गरिरहेकाले मृतकको सङ्ख्या अझ बढ्ने अपेक्षा गरिएको उक्त विश्वसंस्थाले बताएको छ । यसअघि विश्व स्वास्थ्य सङ्गठन (डब्ल्युएचओ)का अधिकारीहरूले तीन हजार नौ सय ९८ शव भेटिएका जनाएको थियो । 

    गत आइतवार दिउँसो आँधी आएसँगै मुसलधारे वर्षा हुँदा दुईवटा नदीमा बाँधिएका  दुई वटा बाँध भत्केपछि बाढीले गाउँ–शहरका भवन र तिनमा बसेका सबैलाई बगाएको थियो । बाढीको विनाशबाहेक डेर्नामा केही देखिदैन । सामाजिक सङ्घसंस्थाका प्रतिनिधि हिलोमा पुरिएका लाश निकाल्न र तिनको व्यवस्थापनमा व्यस्त छन् । डेर्नामा मानवीय अवस्था भयावह रहेको तथा पिउने पानीको गम्भीर समस्या भएको उद्धारकर्मीहरूले बताएका छन् ।  
     
    बाढीबाट सर्वाधिक प्रभावित पूर्वी शहर डेर्नामा कम्तीमा ३० हजार लिबियाली घरबारविहीन भएका आप्रवासनसम्बन्धी अन्तरराष्ट्रिय सङ्गठन (आईओएम)ले गत शुक्रबार बताएको थियो । नब्बे हजार जनसङ्ख्या भएको डेर्नामा अहिले जताततै शवमात्र छरिएका र उद्धारकर्ता एवं सामाजिक सङ्घसंस्थालाई शव व्यवस्थापन ज्यादै चुनौतीपूर्ण बनेको छ । सुडान र इजिप्टका चार सय विदेशीको पनि बाढीमा मृत्यु भएको छ । हालसम्म तीन हजार एक सय ९० जनाको अन्त्येष्टि गरिएको जनाइएको छ । 

    यसैबीच, पूर्वी लिबियाको बन्दरगाह शहर डेर्नाका प्रमुख अब्दुलमेनम अल–गैथीधच अनुसार बाढीमा परी १८ हजारदेखि २० हजार मानिसको मृत्यु भएको छ । दुई वटा बाँध फुट्दा डेर्ना नगर र आसपासका जिल्लाका बासिन्दाको तथ्याङ्कमा आधारित भएर उनले त्यति धेरै लिबियालीले ज्यान गुमाएको बताएका हुन् । डेर्ना र वरपरका जिल्लामा भएको अकल्पनीय विनाशका आधारमा मृतकको सङ्ख्या २० हजारको हाराहारीमा पुगेको अल–अरेबिया टिभीलाई उनले बताएका छन् ।

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij