मंगलबार, असार २४ गते २०८२ Jul 08 2025 Tuesday
images
images

राष्ट्रसंघमा प्रधानमन्त्री प्रचण्ड र अमेरिकी राष्ट्रपति जो बाइडेनबीच भेट


  • 1.9K
    SHARES
  • https://indrenipost.com/index.php/posts/4651
    असोज ५, २०८० शुक्रबार
    राष्ट्रसंघमा प्रधानमन्त्री प्रचण्ड र अमेरिकी राष्ट्रपति जो बाइडेनबीच भेट

    न्युयोर्क । संयुक्त राष्ट्रसंघीय महासभामा सहभागी भएका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अमेरिकी राष्ट्रपति जो बाइडेनसँऊ साइड लाइन वार्ता गरेका छन् ।

    अमेरिकाको न्युयोर्कमा भएको साइड लाइन भेटघाटपछि प्रचण्डको सचिवालयले उनीहरुबीचको सामूहिक तस्बिर सार्वजनिक गरेको छ ।

    उक्त तस्बिरमा अमेरिकी फर्स्ट लेडीका रुपमा जिल ट्र्यासी जाकोब्स बाइडेन देखिएकी छन् । नेपालबाट फर्स्ट लेडीका रुपमा प्रचण्ड पुत्री गंगा दाहाल  तस्बिरमा देखिएकी छन् । 

    प्रचण्डले शुक्रबार नै राष्ट्रसंघीय महासभालाई नेपालको तर्फबाट सम्बोधन गरेका छन् । उनले सम्बोधनका क्रममा नेपालको शान्ति प्रक्रिया अब निष्कर्षमा पुग्दै गएको बताएका थिए ।

    प्रचण्डले राष्ट्रसंघमा अल्पविकसित मुलुकको अध्यक्षका रुपमा पनि सम्बोधन गरेका थिए । प्रचण्डले राष्ट्रसंघीय महासभामा हुँदा विभिन्न देशका समकक्षीहरुसँग पनि साइड लाइन वार्ता गरेका थिए ।

    प्रचण्ड शुक्रबार नै अब न्युयोर्कबाट सिधै चीन भ्रमणमा जाँदैछन्। त्यहाँ उनी चार दिनसम्म रहने तालिका छन् । 

    प्रचण्डले चीनको हाङझाओमा चिनियाँ राष्ट्रपति सी चिनफिङलाई भेट्ने कार्यतालिका छन् । प्रचण्ड एसियाडको उद्घाटनमा पनि सहभागी हुँदैछन् ।

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij