सोमबार, असार २३ गते २०८२ Jul 07 2025 Monday
images
images

नापी कार्यालय लहानमा विचौलियाको रजगज, विनाघुस हुँदैन सेवाग्राहीको काम


  • 1.5K
    SHARES
  • https://indrenipost.com/index.php/posts/4661
    असोज ११, २०८० बिहीबार
    नापी कार्यालय लहानमा विचौलियाको रजगज, विनाघुस हुँदैन सेवाग्राहीको काम

    सिरहा । सिरहामा नापी कार्यालयको कर्मचारीहरुले सेवाग्राहीसँग खुलेआम  घुस रकम लिएर काम गर्ने गरेका पाइएको छ। लहानस्थित नापी कार्यालयका कर्मचारीहरुले सेवाग्राहीसँग किताकाट, ब्लु प्रिन्ट लगायतका काममा विचौलिया तथा कर्मचारीहरु आफैँले खुलेआम अतिरिक्त रकम लिने गरेको पाइएको हो। 

    नापी कार्यालयका कर्मचारी र लेखापढी व्यवसायीहरुको सेटिङमा सेवाग्राहीसँग घुस लिएर मात्र कागजी प्रक्रिया अगाडि बढाउने गरेको पीडित सेवाग्राहीहरु बताउँछन्। लामो समयपछि किताकाट खुलेकाले सेवाग्राहीको चाप बढेकाले नापी र मालपोतबाट हुने सबैखालका काम विनाघुस नहुने नाम उल्लेख नगर्ने सर्तमा धनगढीमाई नगरपालिकाका एक सेवाग्राहीले बताए।

    उनले भने, ‘म सामान्य कित्ताकाटको लागि सबै प्रक्रिया पुर्‍याएर बिहानै कार्यालाय पुग्दा पनि ४ बजेमात्र कित्ताकाट गरिदिए। ६ घण्टा लगाएर ४ बजेमात्र नक्सा हातमा पर्‍याे ।  तर, सबै कागजात हुँदा र प्रक्रिया पूरा गरेर बुझाउँदा काम गराउन घुस दिनु पर्‍याे । घुस दिएका कारण बल्ल ४ बजे काम भयाे  । घुस नदिएकाे भए काम नै नहुने रहेछ । नापी कार्यालयले समयमा काम नगरिदिँदा जग्गा पासको काम पनि त्यसदिन हुन सकेन।’

    गोलबजार नगरपालिका-६ का अर्का सेवाग्राही जग्गा कित्ताकाटकोलागि गत सुक्रवार बिहान १० बजे कार्यालय पुगे पनि कार्यालय बन्दहुने समयमा मात्र नक्सा उनको हातपर्‍याे। तयार भएको नक्सासहितको कागजात लिन अमिन (सर्वेक्षक) गैन महतोलाई घुसबापत दुई हजार रुपैयाँ दिनुपरेकाे  उनकाे आराेप छ । 

    ‘मेरो भरदिन त्यहि काममा बबित्यो, तर ति सर्वेक्षकले मसँग अतिरिक्त रकम नलिएसम्म कागजात नै दिएन। मैले पनि कति हैरानी झेल्नु भनेर अन्तमा दुई हजार रकम दिएँ,’ उनले न्युज कारखानासँग भने । 

    लामो समयपछि किताकाट खुलेकाले नापी र मालपोतमा सेवाग्राहीको भिडभाड लाग्ने गरेकाले त्यसको फाईदा उठाउँदै अमिनहरुले अतिरिक्त रकम माग्ने गरेका छन्। उनीहरुले सेवाग्राहीलाई भिडको बहाना देखाउँदै आज काम नहुनेभन्दै फर्काउने र अतिरिक्त रकम नदिनेको काम ढिलो गर्ने गरेको सेवाग्राहीहरुको गुनासाे छ। 

    घुस खुवाउन नसक्ने सेवाग्राही सेवाबाटै बन्चित हुने स्थिति रहँदा नापी कार्यालय लहानका प्रमुख नापी अधिकृत संजय कुमार सिंह भने पन्छिन खाेजे । कार्यालयमा भएकाे अनियमितता र घुस लेनदेनले सेवाग्राही मर्कामा परेकाे विषयमा आफू जानकार नरहेकाे भन्दै पन्छिएर कर्मचारीमाथि आराेप लगाउँदै सिंहले भने,  ‘उनको (अमिन गैन महताे) व्यवहार अलिक ठिक छैन । तपाईंले मलाई जानकारी गराउनु भयो । म उनलाई सम्झाईदिउँला ।’ 

    अधिकृत सिंहकै अभिव्यक्ति र गत ६ भदौमा यस कार्यालयमा कार्यरत अमिन दिपरञ्जन यादव १० हजार घुससहित समातिनुले पनि घुस लेनददेन तथा अनियमिततामा कार्यालय प्रमुखलगायतका मिलोमतो रहेको पुष्टि गर्छ। 

    सिरहाका अधिकांश भीडभाड हुने अडाहरु मालपोत कार्यालय, नापी कार्यालय, भूमि सुधार, जिल्ला प्रशासन कार्यालयमा दिनहुँ सेवाग्राहीहरु ठगिने गरेको गुनासाे आउने गरेकाे छ ।

     

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij