मंगलबार, असार २४ गते २०८२ Jul 08 2025 Tuesday
images
images

जलवायुजन्य प्रकोपका कारण फिलिपिन्समा पाँच बर्षमा ९७ लाख बालबालिका विस्थापित : यूनिसेफ


  • 1.3K
    SHARES
  • https://indrenipost.com/index.php/posts/4669
    असोज १९, २०८० शुक्रबार
    जलवायुजन्य प्रकोपका कारण फिलिपिन्समा पाँच बर्षमा ९७ लाख बालबालिका विस्थापित : यूनिसेफ

    जलवायुसम्बन्धी विपद्का कारण फिलिपिन्समा सन् २०१६ देखि २०२१ सम्ममा ९७ लाख बालबालिका विस्थापित भएका संयुक्त राष्ट्रसङ्घीय बाल कोष (यूनिसेफ) ले शुक्रबार जानकारी गराएको छ । 

    नयाँ प्रतिवेदनमा सार्वजनिक तथ्याङ्कअनुसार सन् २०१६ देखि २०२१ को बीचमा बाढी, आँधीबेहरी, खडेरी र डढेलोका कारण घरबाट विस्थापित बालबालिकाको सङ्ख्याको पहिलो विश्वव्यापी विश्लेषण ‘चिल्ड्रेन डिसप्लेस्ड इन अ चेन्जिङ क्लाइमेट’ प्रतिवेदन हो ।

    अध्ययनले ४४ देशका चार करोड ३१ लाख बालबालिका छ वर्षमा अर्थात् दैनिक करिब २० हजार बालबालिका विस्थापित हुने गरेको देखाएको छ । जोखिमको सन्दर्भमा, फिलिपिन्स आँधीबेहरीको लागि पहिलो स्थानमा छ र विस्थापित बच्चाहरूको पूर्ण सङ्ख्यामा बाढीको लागि तेस्रो स्थानमा छ । द्वीपसमूहले बनेको यस  राष्ट्रमा वर्षेनी औसत २० वटा आँधीबेहरी आउने गरेका छन् । 

    उहाँले भन्नुभयो, “विपद्का बेला विस्थापित हुँदा सबैभन्दा बढी पीडा भोग्नेमा बालबालिका पनि पर्छन् ।”

     फिलिपिन्सका लागि युनिसेफका प्रतिनिधि ओयुनसाइखान डेन्डेभनोरोभले विस्थापित बालबालिकाको जीवन जोखिमबारे भन्नुभयो, “उनीहरू तनावको अनुभव गर्छन्, विद्यालय जाने दिन गुमाउँछन्, बिरामी पर्छन् र शोषण र दुव्र्यवहारको शिकार हुन्छन् ।”

    उहाँले जोखिममा रहेका बालबालिकाको संरक्षण र विस्थापितलाई सहयोग गर्ने प्रयासलाई सशक्त बनाउनुपर्नेमा जोड दिनुभयो । 

    फिलिपिन्समा आगामी ३० वर्षमा आँधीबेहरीका कारण थप करिब २५ लाख बालबालिका विस्थापित हुने खतरा रहेको अनुमान गरिएको छ । यो जोखिम देशको समुद्री तटहरू आँधीबेहरीको लागि अति संवेदनशील भएको कारण बढेको छ । यसले घना जनसङ्ख्या भएका शहरहरू जस्तै मेट्रो मनिला,सेबु प्रान्त ( मध्य फिलिपिन्स) र दक्षिणी फिलिपिन्सको दाभाओलाई पनि असर गर्न सक्छ ।

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij