मंगलबार, असार २४ गते २०८२ Jul 08 2025 Tuesday
images
images

इजरायल र हमासबीच लडाइँ

गाजाको अस्पतालमा रकेट आक्रमण- ५०० जनाको मृत्यु, आक्रमणमा परेकाहरूको उद्धार गरिँदै


  • 505
    SHARES
  • https://indrenipost.com/index.php/posts/4702
    कात्तिक १, २०८० बुधबार
    गाजाको अस्पतालमा रकेट आक्रमण- ५०० जनाको मृत्यु, आक्रमणमा परेकाहरूको उद्धार गरिँदै

    इजरायल र प्यालेस्टाइनी चरमपन्थी समूह हमासबीच लडाइँ जारी छ । यो लडाइँमा हालसम्म दुवैतर्फ गरी ४ हजार ५०० जना मारिएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले जनाएका छन् ।

    यसबीचमा इजरायली सेनाले मंगलबार राति अबेर गाजाको एक अस्पतालमा आक्रमण गरेको दाबी गरेको छ ।

    इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले भने इजरायली सेनाले नभई हमासले नै अस्पतालमा आक्रमण गरेको बताएका छन् ।

    आक्रमणको आरोप हमासलाई नै लगाउँदै नेतन्याहुले भनेका छन्, ‘जसले हाम्रा बच्चाको क्रुरतापूर्वक हत्या गर्छन्, उनीहरूले आफ्ना बच्चाको पनि हत्या गर्दछन् ।’

    इजरायल डिफेन्स फोर्स (आईडीएफ)ले अस्पतालमा आक्रमणको दोष इस्लामिक जिहादमाथि लगाएको थियो । उसले भनेको थियो, ‘इजरायलमाथि थुप्रै रकेट प्रहार भएका थिए, त्यसैमध्येको एउटा रकेटले गाजाको अस्पताललाई निशाना बनाइयो ।

    हामीसँग रहेको गुप्त सूचनाका अनुसार अस्पतालमा भएको रकेट आक्रमणका लागि इस्लामिक जिहाज आतंकवादी संगठन जिम्मेवार छ ।’

    अल अहली अल अरबी  बाप्टिस्ट अस्पतालमा इजरायलको युद्धबाट विस्थापित भएकाहरूले आश्रय लिइरहेका थिए । उक्त आक्रमणमा परी ५०० जनाको मृत्यु भएको इजरायलको स्वास्थ्य मन्त्रालयले बताएको छ ।

    भग्नावशेष पन्छाएर शव निकाल्ने क्रम जारी छ । एजेन्सी 

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij