सोमबार, असार २३ गते २०८२ Jul 07 2025 Monday
images
images

समाचार

तीन महिनामा साढे नौ अर्ब बढीको बिजुली भारत निर्यात


  • 820
    SHARES
  • https://indrenipost.com/index.php/posts/4717
    कात्तिक २, २०८० बिहीबार
    तीन महिनामा साढे नौ अर्ब बढीको बिजुली भारत निर्यात

    काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले चालु आर्थिक वर्षको तीन महिनामा झण्डै साढे नौ अर्ब रूपैयाँ बढीको बिजुली भारत निर्यात गरेको छ ।

    प्राधिकरणले गत साउनदेखि असोज मसान्तसम्मको अवधिमा नौ अर्ब ६४ करोड ५४ लाख रूपैयाँको बिजुली भारत निर्यात गरेको हो ।

    प्राधिकरणले असोज महिनामा मात्र चार अर्ब दुई करोड ३५ लाख रूपैयाँको विद्युत् निर्यात गरेको छ । प्राधिकरणले साउनमा दुई अर्ब १४ करोड ३३ लाख र भदौमा तीन अर्ब ४७ करोड ८५ लाख रूपैयाँको बिजुली भारत निर्यात ग¥यो ।

    यद्यपि प्राधिकरणले गत जेठदेखि असोजसम्ममा ११ अर्ब  ८० करोड २८ लाख रूपैयाँको विद्युत् भारत निर्यात गरेको जनाएको छ । यो समाचार नागरिक दैनिकमा छ । 

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij