मंगलबार, असार २४ गते २०८२ Jul 08 2025 Tuesday
images
images

इटालीकी प्रधानमन्त्री मेलोनीद्वारा आफ्नो प्रेमीबाट अलग भएको घोषणा


  • 865
    SHARES
  • https://indrenipost.com/index.php/posts/4757
    कात्तिक ३, २०८० शुक्रबार
    इटालीकी प्रधानमन्त्री मेलोनीद्वारा आफ्नो प्रेमीबाट अलग भएको घोषणा

    इटालीकी प्रधानमन्त्री जियोर्जिया मेलोनीले शुक्रबार आफ्नो पार्टनरबाट अलग भएको घोषणा गरेकी छन् । आफ्ना पार्टनरले भद्दा टिप्पणी गर्दै प्रेम प्रसङ्गको कुरा स्वीकार गरेपछि आफूले अलग रहने घोषणा गरेको उनले बताइन् । 

    ‘करिब १० वर्षदेखिको एन्ड्रिया जियाम्ब्रुनोसँगको मेरो सम्बन्ध यहीँ समाप्त हुन्छ,’ आफूहरूको बाटो केही समयका लागि अलग भएको उल्लेख गर्दै प्रधानमन्त्री मेलोनीले सामाजिक सञ्जालमा भनेकी छन् । 

    टेलिभिजन प्रस्तोता जियाम्ब्रुनोले रेटे ४ कमर्सियल स्टेसनमा आफ्नो टक शो ‘डाइरियो डेल जिओर्नो (डेली डायरी)को अफ–एयरमा महिला सहकर्मीमाथि खुलेर यौन र यौनवादी टिप्पणी गरेको फेला परेपछि प्रधानमन्त्री मेलोनीको उक्त घोषणा आएको हो । 

    तिमीलाई कस्तो छ डार्लिङ, के तिमीलाई थाहा छ (नाम परिवर्तन गरिएको) र मेरो अफेयर चलिरहेको छ ? सबै टेलिभिजन कम्पनीलाई यो थाहा छ र अब तिमीलाई पनि थाहा छ,’ एक महिलासँग उनले कुरा गरेको सुनिन्छ ।

    ‘तर हामी तेस्रो व्यक्ति खोजिरहेका छौँ किनभने हामी तीन जना गर्छौैँ, चार जना पनि गर्छौँ, के तिमी हाम्रो कार्य समूहको हिस्सा बन्छ्यौ ?’, मङ्गलबार र बिहीबार विभिन्न टेलिभिजन च्यानलमा प्रसारित टिप्पणीमा उनको भनाइ सुनिन्छ ।  

    छयालीस वर्षीया मेलोनीले यसै साता दक्षिणपन्थी सरकारको प्रमुखका रूपमा एक वर्ष पूरा गर्दै आएकी छन् । उनले पार्टीले परम्परागत पारिवारिक मूल्यमान्यताको दृढतापूर्वक बचाउ गर्छ । 

    अगस्टमा आफ्नो टक शोमा बलात्कारका बारेमा गरेको टिप्पणीलाई लिएर पीडितलाई दोषी भनेको आरोप लागेपछि जियाम्ब्रुनोको बचाउका लागि प्रधानमन्त्री मेलोनी बाध्य भएकी थिइन् । 

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij