मंगलबार, असार २४ गते २०८२ Jul 08 2025 Tuesday
images
images

उत्तरपश्चिम पाकिस्तानमा सैन्य कारबाहीमा चार आतङ्ककारी मारिए


  • 1.0K
    SHARES
  • https://indrenipost.com/index.php/posts/4772
    कात्तिक ४, २०८० शनिबार
    उत्तरपश्चिम पाकिस्तानमा सैन्य कारबाहीमा चार आतङ्ककारी मारिए

    पाकिस्तानी सेनाले शुक्रबार उत्तरपश्चिमी खैबर पख्तुनख्वा प्रान्तमा सुरक्षा बलले चार आतङ्ककारीलाई मारेको र अर्का एक जना घाइते बनाएको बताएको छ ।

    पाकिस्तानी सेनाको सञ्चार शाखा इन्टर-सर्भिसेस पब्लिक रिलेसन्स (आईएसपीआर) ले विज्ञप्ति जारी गर्दै सुरक्षा बलले प्रान्तको लक्की मारवत जिल्लामा सो कारबाही गरेको थियो ।

    अपरेशनका क्रममा सेना र आतङ्ककारीहरू बीच गोली हानाहान भएको र ती आतङ्ककारी मारिएको बताइएको छ ।

    मारिएका आतङ्ककारीहरू सुरक्षा बल विरुद्ध विभिन्न किसिमका आतङ्ककारी गतिविधिका साथै निर्दोष नागरिकको हत्यामा संलग्न रहेको सेनाको दाबी छ ।

    कारबाहीका क्रममा आतङ्ककारीहरूबाट ठूलो मात्रामा हातहतियार, उपकरण र विस्फोटक पदार्थ समेत बरामद भएको छ ।

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij