काठमाडौं । इजरायलमा हमासको आक्रमणमा परि ज्यान गुमाएका पाँच नेपाली विद्यार्थीको शव नेपाल ल्याइँदैछ । आज (आइतबार) बिहान ९ बजे काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ल्याइने छ ।
शव लिन परराष्ट्रमन्त्री एनपी साउद र इजरायली राजदूत विमानस्थल जाने भएका छन् । इजरायल सरकारले पहिचान भएका पाँच शवको कानुनी प्रक्रिया पूरा गरेर नेपाली दूतावासलाई बुझाएसँगै ती शवहरू शनिबार नेपाल पठाइएको हो ।
इजरायलस्थित नेपाली दूतावासका अनुसार बाँकी पाँच नेपालीको शव पहिचान गर्ने र कानुनी प्रक्रिया पूरा गर्ने क्रममा रहेको छ । त्यसपछि नेपाल ल्याइनेछ ।