मंगलबार, असार २४ गते २०८२ Jul 08 2025 Tuesday
images
images

अन्तर्राष्ट्रिय

ब्राजिलको अमेजनमा खडेरीले प्राचीन आकृति उजागर


  • 937
    SHARES
  • https://indrenipost.com/index.php/posts/4800
    कात्तिक ५, २०८० आइतबार
    ब्राजिलको अमेजनमा खडेरीले प्राचीन आकृति उजागर

    अमेजनका केही भागमा अत्यधिक खडेरीका कारण नदीको पानीको सतहमा नाटकीय गिरावट आएको छ । 

    यसले करिब दुई हजार वर्ष पुरानो हुनसक्ने ठानिएको जलमग्न दर्जनौँ चट्टानमा मानव आकृति देखिएको छ । 

    अमेजनको सबैभन्दा ठूलो सहर मनाउसका लामो समयदेखिका निवासी लिभिया रिबेरोले साथीहरूबाट चट्टानमा मानव आकृतिका बारेमा सुनेको र हेर्न चाहेको बताए । 

    ‘मलाई यो झुट हो जस्तो लागेको छ, मैले यसलाई कहिल्यै पनि देखेकी थिइनँ, म मनाउसमा २७ वर्षदेखि बस्दै आएकी छु,’ उक्त आकृति हेरेपछि प्रशासक रिबेरोले भने । 

    चट्टानका आकृतिहरू सामान्यतया देखिँदैन किनकी तिनीहरू निग्रो नदीको पानीले भरिन्छ, यो नदीको प्रवाह गत साता एक सय २१ वर्षमा सबैभन्दा कम स्तरमा रेकर्ड गरिएको थियो । 

    नदी किनारमा आकृतिहरूसहितको सतहले वैज्ञानिक र सर्वसाधारणलाई खुसी प्रदान गरेको छ तर चिन्ता गर्ने प्रश्न पनि दिएको छ । 

    ‘हामी आउँछौँ, आकृति देख्छौँ र हामीलाई ती सुन्दर लाग्छन् । तर, यो चिन्ताजनक पनि छ, मलाई यो नदी ५० वा एक सय वर्षमा अस्तित्वमा रहन्छ र भन्ने लाग्छ,’ रिबेरोले भने । 

    ब्राजिलको अमेजनमा खडेरीका कारण हालैका साताहरूमा नदीको जलस्तर अत्यन्त कम भएको छ । जसबाट यो क्षेत्र प्रभावित भएको छ । यो जल यातायात र आपूर्तिका लागि जलमार्गको सञ्जालमा निर्भर छ । 

    ब्राजिल सरकारले उक्त क्षेत्रमा आपत्कालीन सहायता पठाएको छ । यहाँ सामान्यतया नदीका किनारा सुक्खा हुन्छन् । र, फँसेका डुङ्गाहरूले भरिएका हुन्छन् ।

    विज्ञहरूका अनुसार यसवर्ष अल निनोका कारण प्रशान्त महासागरमा रहेको अनियमित जलवायु खराब भएको छ र यसबाट जलवायु परिवर्तनका असर बढेको छ । एजेन्सी 

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij