सोमबार, असार २३ गते २०८२ Jul 07 2025 Monday
images
images

भारतको महाराष्ट्रमा प्रशिक्षण विमान दुर्घटना हुँदा दुई जना घाइते


  • 550
    SHARES
  • https://indrenipost.com/index.php/posts/4802
    कात्तिक ५, २०८० आइतबार
    भारतको महाराष्ट्रमा प्रशिक्षण विमान दुर्घटना हुँदा दुई जना घाइते

    पश्चिमी भारतको महाराष्ट्र राज्यमा आइतबार प्रशिक्षण विमान दुर्घटना हुँदा एक जना प्रशिक्षार्थी चालक र एक प्रशिक्षक चालक घाइते भएका छन्।

    महाराष्ट्रको राजधानी मुम्बईबाट २४५ किलोमिटर दक्षिणपूर्वमा रहेको पुणे जिल्लाको गोजुबावी गाउँ नजिकैको निजी उड्डयन एकेडेमीको प्रशिक्षण विमान दुर्घटना भएको हो ।

    रेडबर्ड फ्लाइट ट्रेनिङ एकेडेमीसँग सम्बन्धित प्रशिक्षण विमान आज गोजुबावी गाउँ नजिकै दुर्घटनाग्रस्त भयो। दुर्घटनामा, एकजना प्रशिक्षार्थी चालक र अर्का प्रशिक्षक घाइते भए, प्रहरी अधिकारीले बताएका छन् । उनीहरू दुवैलाई नजिकैको अस्पतालमा लगिएको छ र उनीहरूको अवस्था स्थिर रहेको बताइएको छ। 

    बिहीबार पनि सोही तालिम एकेडेमीको अर्को प्रशिक्षण विमान पुणेको कटफल गाउँ नजिकै यस्तै प्रशिक्षणका क्रममा दुर्घटना भएको थियो ।

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij