सोमबार, असार २३ गते २०८२ Jul 07 2025 Monday
images
images

युक्रेन मेल डिपोमा रुसी हमलामा छ को मृत्यु


  • 622
    SHARES
  • https://indrenipost.com/index.php/posts/4803
    कात्तिक ५, २०८० आइतबार
    युक्रेन मेल डिपोमा रुसी हमलामा छ को मृत्यु
    युक्रेनको उत्तरपूर्वी खार्किभ क्षेत्रमा उक मेल डिपोलाई निशाना बनाउँदै रुसले शनिबार मिसाइल आक्रमण गर्दा कम्तीमा हुलाकका छ कर्मचारी मारिएको र अन्य १६ जना घाइते भएको अधिकारीहरूले बताएका छन् । 
     
    युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले सामाजिक सञ्जालमा राख्नुभएको भिडियोमा भग्नावशेषले घेरिएको क्षतिग्रस्त गोदाम र युक्रेनको हुलाक अपरेटर नोभा पोश्ताको लोगासहितको एउटा कन्टेनर देखिन्छ । 
     
    अतिक्रमणकारीहरूको आक्रमणबाट सबै छ जनाको मृत्यु र १४ जना घाइते भएका छन्, उनीहरू सबै नोभा पोश्ता टर्मिनलभित्र थिए, खार्किभ क्षेत्रीय गभर्नर ओलेग सिनेगुबोभले भने, मारिने र घाइतहरूको उमेर १९ देखि ४२ वर्षबीचका रहेका छन् । उनीहरूलाई छर्रा र विस्फोटबाट चोट लागेको थियो ।”
     
    घाइतेको अस्पतालमा उपचार भइरहेको छ । गभर्नर सिनेगुबोभका अनुसार  सात जनाको अवस्था गम्भीर छ । चिकित्सकहरू उनीहरूलाई बचाउन प्रयास गरिरहेका छन्, उनले भने । 

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij