सोमबार, असार २३ गते २०८२ Jul 07 2025 Monday
images
images

दुई देशबीच भिषण लडाइँ

इजरायल-हमास युद्ध : हालसम्म के-के भयो ? (विवरणसहित)


  • 649
    SHARES
  • https://indrenipost.com/index.php/posts/4815
    कात्तिक ६, २०८० सोमबार
    इजरायल-हमास युद्ध : हालसम्म के-के भयो ? (विवरणसहित)

    प्यालेस्टिनी लडाकु समूह हमास र इजरायलबीच जारी युद्ध आज (अक्टोबर २३) सत्रौँ दिनमा प्रवेश गरेको छ । 

    यही अक्टोरबर ७ का दिन हमासले अचानक आक्रमण गरेपछि जवाफमा इजरायलले गाजा (जहाँ हमासको सत्ता छ) मा निरन्तर बमबारी गरिरहेको छ ।
      
    दुई साताभन्दा बढी समयदेखि जारी यो द्वन्द्वमा हालसम्म १४ सय इजरायली मारिएका छन् भने गाजामा बसोबास गर्ने ४ हजार ६५१ प्यालेस्टिनी मारिएको बीबीसीले जनाएको छ । 

    उक्त युद्धअन्तर्गत आइतबार केके भए ? 

    मानवीय सहायताका सामग्री बोकेका १४ ट्रकलाई रफाह सीमा पार गर्न गाजा प्रवेश गर्न अनुमति दिइएको छ । संयुक्त राष्ट्र मानवीय प्रमुख मार्टिन ग्रिफिथ्सले यसलाई गाजाका जनताका लागि ‘आशाको सानो किरण’ भनेका छन् । 

    अमेरिकी राष्ट्रपति जो बाइडेनले इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुसँग कुरा गरे र उनीहरूले ‘अत्यावश्यक मानवीय सहायता  प्यालेस्टिनीहरूसम्म पुग्न क्रम जारी रहने पुष्टि गरे । 

    इजरायलका अति दक्षिणपन्थी सुरक्षा मन्त्री इटामार बेन–गभिरले हमास सबै बन्धक रिहा गर्न सहमत नभएसम्म गाजाले ‘निरन्तर मानवीय सहायता’ प्राप्त गर्न नसक्ने चेतावनी दिएका छन् । 

    संयुक्त राज्य अमेरिका, बेलायत, क्यानडा, फ्रान्स, जर्मनी र इटालीका नेताहरूले एक संयुक्त फोनवार्तामा इजरायलको ‘आफ्नो रक्षा गर्ने अधिकार’ का लागि आफूहरू समर्थन दोहोर्‍याए तर ‘अन्तर्राष्ट्रिय मानवीय कानुन पालना’का लागि आह्वान पनि गरे । 

    –इजरायलको सेनाले आफ्नो विमान लेबनानमा प्रवेश गरेको इजरायलतर्फ ट्याङ्कविरोधी मिसाइल र रकेट प्रहार गर्ने योजना बनाएका दुई हिजबुल्लाह  अखडामा आक्रमण गरिएको दाबी गरेको छ । -एजेन्सी 

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij