मंगलबार, असार २४ गते २०८२ Jul 08 2025 Tuesday
images
images

अन्तर्राष्ट्रिय

असमान पारिश्रमिकको विरोधमा आइसल्याण्डकी प्रधानमन्त्री हड्तालमा, लाखौं महिलाको साथ


  • 766
    SHARES
  • https://indrenipost.com/index.php/posts/4829
    कात्तिक ८, २०८० बुधबार
    असमान पारिश्रमिकको विरोधमा आइसल्याण्डकी प्रधानमन्त्री हड्तालमा, लाखौं महिलाको साथ

    आइसल्याण्डकी प्रधानमन्त्री क्याट्रिन याकब्सडोटियरसमेत लाखौं महिलाले मंगलबार काम गरेनन् । लैंगिक आधारमा पारिश्रमिकमा विभेद र लैंगिक हिंसाको विरोधमा प्रधानमन्त्रीसहित महिलाहरुले काम गर्न अस्वीकार गरेका हुन् ।

    आइसल्याण्डमा अधिकांश महिलाहरु शिक्षा र स्वास्थ्य क्षेत्रमा काम गर्छन् । ‘म मंगलबार काम गर्दिन र मलाई आशा छ सबै महिला ९मन्त्रिपरिषदमा रहेका० ले पनि काम गर्नेछैनन्,’ प्रधानमन्त्रीले भनिन् ।

    उनले अहिलेको विश्व परिवेशलाई आधार मान्ने हो भने लैंगिक समानता कायम हुन अझै ३०० वर्ष लाग्ने बताएकी छिन् ।

    उनले आफ्नो सरकार परम्परागत रुपमा पुरुषको वर्चश्व रहेको व्यवसायमा महिलालाई कति पारिश्रमिक दिने गरिएको छ भन्नेबारे गम्भीर भएको बताएकी छिन् । 

    एक अध्ययनका अनुसार केही क्षेत्रमा महिलाले पुरुषको तुलनाले २० प्रतिशत कम पारिश्रमिक पाउने गरेका छन् ।

    वर्ल्ड इकोनोमिक फोरमको र्‍याङ्किङलाई आधार मान्ने हो भने आइसल्याण्ड लैंगिक समानताको मामिलामा १४ वर्षदेखि सबैभन्दा राम्रो देशमा पर्दै आएको छ । 

    तर, यहाँ पूर्ण रुपमा समानता भने छैन । फोरमले आइसल्याण्डलनई ९१।२ प्रतिशत मात्र स्कोर दिएको थियो ।

    सन् १९७५ पछि पहिलो पटक महिलाहरुले पुरा दिन हड्ताल गरेका हुन् । सन् १९७५ मा आइसल्याण्डका ९० प्रतिशत महिला कर्चारीले हड्ताल गरेका थिए । 

    उनीहरुले अर्थव्यवस्थामा महिलाले पुर्‍याएको योगदानलाई महत्व दिनुपर्ने माग गरेका थिए । सो हड्ताल पछि आइसल्याण्डको संसदले समान पारिश्रमिक सम्बन्धी कानून पारित गरेको थियो ।

    आजको हड्तालका कारण आइसल्याण्डका अधिकांश विद्यालय र लाइब्रेरीहरु बन्द भएका थिए । केही भने सीमित जनशक्ति राखेर संचालन भए । 

    यस्तै, अस्पतालहरुले पनि एमर्जेन्सी केसबाहेक अन्य स्वास्थ्य सेवा उपलब्ध गराउन नसक्ने जनाएको छ । -एजेन्सी 

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij