बिहीबार आज पनि आफन्त तथा मान्यजनको हातबा टीका र जमरा लगाइँदै छ ।
दशैंको टीकाको दिन आफन्तकहाँ जान नभ्याएकाहरूले कोजाग्रत पूर्णिमाको दिनसम्म टीका, जमरा र आर्शिवाद लिन जाने गर्छन् ।
कतैकतै विजया दशमीकै दिनबाट दसैं सकिने गर्छ । सरकारी कार्यालहरू बिहीबारसम्म बन्द रहेका छन् ।
मंगलबारदेखि पूर्णिमासम्म मान्यजनबाट नवदुर्गाको प्रसादका रूपमा टीकाका साथै घटस्थापनाका दिनमा वैदिक विधिपूर्वक राखिएको पहेँलो जमरालाई समृद्धिको प्रतीकको रूप मानी लगाउने गरिन्छ ।
गत साउन महिनामा अधिकमास परेका कारण यस वर्ष असोज अन्तिमदेखि दसैं सुरू भएको हो । कात्तिक ११ गते कोजाग्रत पूर्णिमा मनाएपछि १५ दिन लामो दसैं पर्व समाप्त हुन्छ ।