सोमबार, असार २३ गते २०८२ Jul 07 2025 Monday
images
images

अमेरिकाको ल्युस्टन सहरमा बन्दुकधारीद्वारा १६ जनाको हत्या


  • 1.3K
    SHARES
  • https://indrenipost.com/index.php/posts/4852
    कात्तिक ९, २०८० बिहीबार
    अमेरिकाको ल्युस्टन सहरमा बन्दुकधारीद्वारा १६ जनाको हत्या

    अमेरिकाको मेन राज्यस्थित ल्युस्टन सहरमा एक अज्ञात बन्दुकधारीले अन्धाधुन्ध गोली चलाउँदा कम्तीमा १६ जनाको मृत्यु भएको छ ।

    सो घटनामा परी अन्य ५० जना घाइते भएको अमेरिकी सञ्चारमाध्यमहरूले उल्लेख गरेका छन् । 

    बीबीसीका अनुसार ती बन्दुकधारीको प्रहरीले खोजी गरिरहेको छ । यद्यपि अहिलेसम्म प्रहरीले फेला पार्न भने सकेको छैन । 

    प्रहरीले सर्वसाधारणलाई आफू रहेकै ठाउँमा सतर्क भएर बस्न समेत आग्रह गरेको छ । 

    उक्त गोली चलेपछि घटनाको अनुन्धान भइरहेको जानकारी गराउँदै प्रहरीले संदिग्धको तस्बिर पनि जारी गरेको बताएको छ । 

    सो घटनाबारे राष्ट्रपति जो बाइडेनलाई पनि जानकारी गराइएको बीबीसीले बताएको छ । 

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij