सोमबार, असार २३ गते २०८२ Jul 07 2025 Monday
images
images

संस्कार-संस्कृति

नवदुर्गाको प्रसाद र आशीर्वाद थाप्नेक्रम जारी


  • 523
    SHARES
  • https://indrenipost.com/index.php/posts/4867
    कात्तिक ९, २०८० बिहीबार
    नवदुर्गाको प्रसाद र आशीर्वाद थाप्नेक्रम जारी

    काठमाडौं । आश्विन शुक्ल द्वादशीका दिन आज नवदुर्गाको प्रसादस्वरुप टीका लगाउन र आशीर्वाद थाप्न मान्यजनका घरमा जानेको चहलपहल बढेको छ ।

    विजयादशमीका दिन नौ दिनसम्म पूजाआराधना गरी देवी विसर्जन गरेपछि शुरू भएको प्रसाद लगाउने र मान्यजनबाट आशीर्वाद लिने क्रम कोजाग्रत पूर्णिमाका दिनसम्म जारी रहन्छ । 

    पहिलो र दोस्रो दिन निरन्तरको वर्षाले मान्यजन कहाँ जान प्रभावित भएकाहरू आज भने राजधानीमा आकाश खुलेकाले बिहानदेखि हिँड्न थालेका छन् । 

    विजयादशमीका दिन बुधबार दिउँसो केही समय वर्षा रोकिए पनि बेलुकीदेखि निरन्तर वर्षा भएपछि टाढा टाढा आफन्तकहाँ नवदुर्गाको प्रसादस्वरुप टीका, जमरा र आशीर्वाद लिन जानेहरु प्रभावित भएका थिए । 

    दुई दिनसम्म हिँड्न नपाएका राजधानीवासीहरुको आज भने आकाश खुलेसँगै बिहानैदेखि चहपहल देखिएको हो । 

    जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले नेपालमा दक्षिण पश्चिम बङ्गालको खाडी र आन्ध्र प्रदेश आसपास बनेको न्यून चापीय क्षेत्रको प्रभावले वर्षा भएको जनाएको छ । 

    महानवमीदेखि देशभर सामान्यदेखि पूर्ण बदली रही बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका धेरै एवं बाँकी प्रदेशका थोरै स्थानमा सामान्यदेखि मध्यम वर्षा भइरहेको महाशाखाले जनाएको छ ।

    राजधानीमा आकाश केही खुलेको देखिए पनि पश्चिम नेपालमा अझै वर्षाको सम्भावना रहेको जनाइएको छ । 

    त्यस क्षेत्रका मानिसलाई भने अझै दुर्गाको प्रसाद लगाउन र आशीर्वाद थाप्न असहज हुने देखिएको छ । 

    पश्चिम नेपालका केही जिल्लामा भने विजयादशमीका दिनमात्र दुर्गाको प्रसाद लगाउने र आशीर्वाद थाप्ने प्रचलन रहेको छ ।

    नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अध्यक्ष प्रा.श्रीकृष्ण अधिकारी भने कोजाग्रत पूर्णिमाका दिन अखिल बलिपूर्ति नभएसम्म नवदुर्गाको प्रसाद लगाउन शास्त्रीय रुपमा कुनै बाधा नरहेको बताउँछन् । 

    केही दिन सुनसान रहेको राजधानी सहरमा आज बिहानदेखि भने केही चहलपहल देखिन थालेको छ । 

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij